१९ जेठ ,
निर्वाचन आयोगले वरिष्ठ प्रहरी उपरीक्षक रमेशप्रसाद खरेललाई महानगरीय प्रहरी परिसर काठमाडौँको प्रमुखकै जिम्मेवारी दिन गृह मन्त्रालयलाई निर्देशन दिएको छ ।
गृह मन्त्रालयले वरिष्ठ प्रहरी उपरीक्षक खरेललाई सरुवा गर्नका लागि यसअघि सरुवाका लागि सहमति माग भएकोमा आयोगले सहमति दिएको थिएन । आयोगले सहमति नदिए पनि वरिष्ठ प्रहरी उपरीक्षक खरेललाई प्रहरी प्रधान कार्यालयमा झिकाई निजको कार्यभार अर्कै व्यक्तिलाई तोकिएको भन्ने जानकारी विभिन्न माध्यमबाट प्राप्त भएपछि आयोगले थप निर्णय गरेको आयोगद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
आयोगको निर्णयानुसार ‘‘यदि निर्वाचनको अवधिमा निजलाई महानगरीय प्रहरी परिसर काठमाडौंको प्रमुखको कार्यभारबाट मुक्त हुने गरी अर्कै व्यक्तिलाई कार्यभार दिएको हो भने निज वरिष्ठ प्रहरी उपरीक्षक खरेललाई निजको पदाधिकार रहेको कार्यालयमा यथावत् जिम्मेवारी दिई कामकाज गराउनु हुन’’ भनी गृह मन्त्रालयलाई निर्देशन दिइएको स्पष्ट पारिएको छ । रासस

No comments for: "खरेललाई प्रमुखकै जिम्मेवारी दिन आयोगको निर्देशन"
Leave a Reply