१९ जेठ,
अनलाइन सञ्चार माध्यम (खबर) सञ्चालन प्रक्रिया व्यवस्थापन सुझाव समितिले आज आफ्नो प्रतिवेदन सूचना तथा सञ्चार मन्त्री डा मीनेन्द्र रिजाललाई बुझाएको छ ।मन्त्रालयको सभाकक्षमा आयोजित एक कार्यक्रममा समितिका संयोजक एवम् प्रेस काउन्सिल नेपालका अध्यक्ष बोर्णबहादुर कार्कीले मन्त्री रिजाललाई प्रतिवेदन हस्तान्तरण गर्नुभएको हो ।
सूचना तथा सञ्चार मन्त्रालयबाट अनलाइन सञ्चारमाध्यम सञ्चालन प्रक्रिया व्यवस्थापन सुझाव समिति गठन तथा कार्यादेश, २०७० स्वीकृत गरी मन्त्रीस्तरीय निर्णयअनुसार गत मङ्सिर १८ गते प्रेस काउन्सिलका अध्यक्ष कार्कीको संयोजकत्वमा पाँच सदस्यीय सुझाव समिति गठन गरिएको थियो । उक्त समितिमा सूचना विभागका महानिर्देशक, नेपाल पत्रकार महासङ्घका अध्यक्ष, अनलाइन खबर सञ्चालन गर्ने संस्थाका प्रतिनिधि सदस्य र सूचना तथा सञ्चार मन्त्रालयका उपसचिव सदस्य सचिव रहनुभएको थियो ।प्रतिवेदन बुझ्दै सञ्चारमन्त्री डा रिजालले वर्तमान अवस्थामा बढिरहेको प्रविधिको विकासले सरलता तथा जटिलता दुवै ल्याएको उल्लेख गर्दै त्यसलाई व्यवस्थित र अधिकतम उपयोग गर्नेतर्फ लक्षित हुनपर्ने बताउनुभयो ।

उहाँले अनलाइन सञ्चारमाध्यमको प्रभावकारी सञ्चालनका लागि नियमावली बनाएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।
संयोजक कार्कीका अनुसार समितिले गरेका सिफारिसमा अनलाइन मिडिया तोकिएको ढाँचामा सूचना विभागमा दर्ता हुनुपर्ने, अनलाइनको नियामक निकायको रुपमा प्रेस काउन्सिल नेपालले कार्य गर्ने, राष्ट्रिय प्रशारण ऐन २०४९ र छापाखाना तथा प्रकाशन ऐन नियमावलीअन्तर्गतका विभिन्न दफाहरूमा संशोधन गरी अनलाइन सञ्चार माध्यमलाई पनि समाहित गर्ने, अनलाइन पत्रकारितालाई परिभाषित गरी सो परिभाषाभित्र समेटिएका सबै पक्षले पत्रकारिता आचार संहिताको पूर्ण पालना गर्नुपर्ने, अनलाइन सञ्चार माध्यममा प्रकाशित समाचारको खण्डन सोही समाचार प्रकाशित भएकै पृष्ठमा प्रकाशित गर्नुपर्ने र एक वर्षसम्मको अभिलेख राख्नुपर्ने व्यवस्था रहेको छ ।
त्यस्तै सिफरिसमा अनलाइन सञ्चार माध्यमले प्राप्त गर्ने आयलाई करको दायराभित्र ल्याउने, अनलाइन सञ्चार माध्यममा पूर्णकालीन रेडियो वा टीभी प्रशारण हुने भएमा त्यस्ता अनलाइन सञ्चारमाध्यमले रेडियो टीभी सरहकै लाइसेन्स लिनुपर्ने, सरकारी सञ्चार माध्यमले बद्लिँदो सूचना सञ्चार प्रविधिको विकासलाई आत्मसात गरी आत्मनिर्भर बन्ने नीति अवलम्बन गर्नुपर्नेलगायत व्यवस्था सिफारिस गरेको कार्कीले जानकारी गराउनुभयो । रासस

No comments for: "अनलाइन सञ्चारमाध्यम सञ्चालन प्रक्रिया सुझाव समितिद्वारा प्रतिवेदन पेस"
Leave a Reply