१७ जेठ ,
व्यवस्थापिका–संसद्मा देखिएको अवरोध खोल्न सरकारका तर्फबाट अवलम्बन गर्नुपर्ने उपायको खोजी गर्न आज साँझ बसेको नेपाली काँग्रेसको केन्द्रीय पदाधिकारीको बैठकले सम्बद्ध पक्षसँग वार्ता गर्ने निष्कर्ष निकालेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले बजेट अधिवेशन सुरु भएलगत्तै एकीकृत नेकपा(माओवादी)लगायत विपक्षी दलले गरेको अवरोधलाई हल गर्न संवाद नै उत्तम विकल्प भएको ठहर गरेको छ । एमाओवादीले संविधानसभा निर्वाचनमा भएको भनिएको धाँधली छानबिनका लागि तत्काल संसदीय समिति गठन गर्नुपर्ने, मन्त्रिपरिषद्ले २६ सभासद्को मनोनयन तत्काल गर्नुपर्ने र उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गर्नुपर्ने माग गर्दै शुक्रबार व्यवस्थापिका –संसद्को अधिवेशन अवरुद्ध गरेको थियो ।
प्रमुख राजनीतिक दलबीच भएको चारबुँदे सहमतिको भावनाअनुसार सरकार अगाडि नबढेको आरोप लगाउँदै सदनको कारबाही नै अवरुद्ध भएको अवस्थामा कसरी अगाडि बढ्ने भन्ने विषयमा शीर्ष नेताबीच छलफल भएको प्रधानमन्त्री कोइरालाका प्रेस संयोजक प्रकाश अधिकारीले जानकारी दिनुभयो ।
संविधान निर्माण प्रक्रियाले गति लिएको अवस्थामा सबै पक्षलाई मिलाएर लैजाने दायित्व काँग्रेसको हो भन्दै संवादको प्रक्रिया नै उत्तम विकल्प भएको ठहरसमेत बैठकले गरेको छ । सबै पक्षलाई मिलाएर अगाडि बढ्ने प्रयासस्वरुप आइतबार बिहान एमाओवादीका शीर्ष नेतासँग छलफल गर्ने तयारी भएको छ । चारबुँदे सहमतिलाई कसरी कार्यान्यवन गर्ने र २६ जनाको मनोनयन सबै दलको सहमतिमा गरिने निष्कर्ष बैठकले निकालेको छ ।
एमाले शीर्ष नेतृत्वसँग छलफल
प्रधानमन्त्री कोइरालाले आजै साँझ नेकपा(एमाले)को शीर्ष नेतृत्वसँग पनि छलफल गर्नुभएको थियो । सदनमा एमाओवादीलगायत विपक्षी दलले गरेको अवरोध खुलाउने र बजेट अधिवेशनलाई सञ्चालन गराउन अवलम्बन गर्नुपर्ने उपायमा सम्बन्धमा छलफल केन्द्रित थियो । यस्तै सरकार सञ्चालनमा क्रममा देखिएका अप्ठ्यारालाई के कसरी समाधान गर्ने तथा २६ सभासद्का बारेमा समेत सो अवसरमा कुराकानी भएको थियो । नेपाल प्रहरीका उच्च अधिकारीको बढुवाका सम्बन्धमा देखिएको विवादलाई समेत मिलाएर जानुपर्ने र अन्य दललाई वार्ता तथा संवादको प्रक्रियामार्फत सहमतिमा ल्याउने विषयमा दुई पार्टीको शीर्ष नेतृत्वबीच छलफल भएको बुझिएको छ ।
चारबुँदे सहमतिलाई कार्यान्वयन गर्न अवलम्बन गर्नुपर्ने उपायका सम्बन्धमा दुई दलबीच समान धारणा बनाएर अगाडि बढ्ने सहमति बैठकमा भएको छ । बैठकमा प्रधानमन्त्री सुशील कोइराला र काँग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौला तथा एमाले अध्यक्ष झलनाथ खनाल, उपाध्यक्ष एवं उपप्रधानमन्त्री वामदेव गौतम, सचिव विष्णुप्रसाद पौडेललगायतको सहभागिता थियो । रासस

No comments for: "सदन खुलाउन एमाओवादीसँग वार्ता गरिने "
Leave a Reply