१७ जेठ,
बिमल गौतम, दाङ ,
तुलसीपुर उद्योग वाणिज्य संघको यहि २४ गते हुने अधिवेशनका लागी दुई प्यानल चुनावी मैदानमा उत्रिएका छन् । उम्मेदवारी दर्ताको अन्तिम दिन शनीवार विमल रिजालले नेतृत्व गरेको संयुक्त व्यावसायीक प्यानल र काग्रेसका तर्फबाट जनक प्रसाद खरालले नेतृत्व गरेको प्यानल चुनावी प्रतिस्प्रर्धामा उत्रिएको छ । संयुक्त व्यावसायीक प्यानलका विमल रिजालले नेतृत्व गरेको प्यानलको उद्योग उपाध्यक्षमा विर वहादुर रावत, बाणिज्य उपाध्यक्षमा सुदिप श्रेष्ठ, उपाध्यक्षमा सेवकराम भण्डारी, महांसचिवमा नेत्रलाल वली, कोषाध्यक्षमा ललित जङ्ग शाह, सचिवमा मीनराज भण्डारी, सह कोषाध्यक्षमा डिल्ली वहादुर वलीले मनोनयन दर्ता गराउनु भएको छ ।
त्यसैगरी सो प्यानलको सदस्यहरुमा खुशलराम शर्मा,विनिल केसी, पहल वहादुर रोकाय, रुप वहादुर खत्री, किशोर कुमार ओली, वेद प्रसाद वली, शेषकान्त ढकाल रहेका छन् । त्यस्तै महिला सदस्यमा निर्मला भुषाल, संस्थागत सदस्यहरुमा कमल गौतम, दोर्ण प्रसाद देवकोटा र दुर्गा प्रसाद जैसी एशोसिएट सदस्यहरुमा सन्दीप रिजाल, डिल्लीराज बुढाथोकि र देवेन्द्र केसीले उम्मेदवारी दिनुभएको छ ।
नेपाली कांग्रेस समर्थित ब्यवसायिहरुको तर्फबाट जनक प्रसाद खराल नेतृत्वको प्यानलको उद्योग उपाध्यक्षमा वलदेव बस्नेत, वाणिज्य उपाध्यक्षमा गोकर्ण प्रसाद गिरी, उपाध्यक्षमा पवित्रा धिताल, महांसचिवमा मीन वहादुर वली, कोषाध्यक्षमा सुमन कुमार पुन, सचिवमा डिल वहादुर वली, सहकोषाध्यक्षमा शिव प्रसाद श्रेष्ठले मनोनयन दर्ता गराउनु भएको छ ।
त्यस्तै सोहि प्यानलको सदस्यहरुमा प्रेम प्रकाश गिरी, धन वहादुर खत्री(ध्रुव), ऋषिराज भण्डारी, झलक केसी, मेघराज न्यौपाने, शिवराज खत्रीले उम्मेदवारी दिनु भएको छ ।एशोसिएट सदस्यमा डम्वर वहादुर डांगी(हेमन्त), उद्योग उपाध्यक्षमा दिपक भण्डारी तथा महिला सदस्यमा वेनु अधिकारीले मनोनयन दर्ता गराउनु भएको निर्वाँचन संयोजक अधिवक्ता प्रविण लम्सालले जानकारि दिनुभयो ।
No comments for: "तुलसीपुर उद्योग बाणिज्य संघमा रिजाल र खराल भिडदै"
Leave a Reply