नेपाल टेलिकमले गणतन्त्र दिवसको अवसरमा सिडिएमए रिम कार्ड र जिएसएमको प्रिपेड सिमकार्ड एक सय रुपैयाँमा दिने योजना ल्याएको छ । ग्राहकले एक सयमा किनेको रिम र सिम कार्डमा एक सय रुपैयाँ नै बराबरको टकभ्यालु पाउँनेछन् ।
‘एक सयमा किनेको सिम र रिममा एक सय बराबरकै टक भ्यालुदिने भनेको सित्तैमा दिनु सरह नै हो टेलिकम प्रवक्ता गुणकेशरी प्रधानले भनिन् । आइतबारदेखि लागु हुने यो योजना असार मसान्तसम्म सञ्चालन हुने टेलिकम व्यापार व्यवस्थापन विभागले जनाएको छ ।

यसैगरी गणतन्त्र दिवसकै अवसर पारेर टेलिकमले कोरिया र मलेसियामा कल गर्दाछुटको व्यवस्था गरेको छ । छुट अनुसार ग्राहकले प्रति मिनेट चार रुपैयाँमा कुराकानी गर्न पाउनेछन् । चार रुपैयाँमा कर समावेश गरिएको छैन ।
सुरुमा १४२४ डायल गरेपछि कोरिया र मलेसियाको नम्वर डायल गरेर मात्रै उपभोक्ताले यो सुविधा लिन सक्नेछन् । टेलिकमले आगामी भदौ १३ गतेसम्म मात्रैयो छुट दिएको छ ।
No comments for: "टेलिकमको नयाँ अफर, सय रुपैयाँमा सिम र रिम किन्दा सय बराबरकै कुरा गर्न पाइने"
Leave a Reply