अख्तियारद्वारा आयल निगमका नौ जना उच्च अधिकृत पक्राउ


 १४ जेठ,

अख्तियार दुरूपायोग अनुसन्धान आयोगले नेपाल आयल निगमका नौ जना उच्च अधिकृतलाई पक्राउ गरेको छ । आयोगले निगमका निमित्त कार्यकारी निर्देशक सागर सत्याल, निर्देशक नागेन्द्र साह, प्रबन्धकहरू कमलप्रसाद शर्मा, बाबुराम राई र नेत्रप्रसाद काफ्ले, उपनिर्देशक शरदप्रसाद पौडेल, उपप्रबन्धक नवविनोद पोखरेल, सहायक प्रबन्धक प्रदीपमान बसी र वरिष्ठ सहायक देवीप्रसाद न्यौपानेलाई पक्राउ गरेको छ ।

आर्थिक वर्ष २०६६÷६७ को अन्त्यमा निगमले रु ११ अर्ब ४४ करोड ऋण तिर्न बाँकी रहेको अवस्थामा गैरकानुनीरूपमा निर्णय गरी रु एक करोड ७२ लाख ५८ हजार ४०५ बोनस वितरण गरी निगमलाई नोक्सानी पु¥याएको अभियोगमा उनीहरूलाई आज पक्राउ गरी अयोगको हिरासतमा राखेको छ । 

आयोगका प्रवक्ता श्रीधर सापकोटाका अनुसार फरार उपनिर्देशक सुशील भट्टराईको खोजी भइरहेको छ । रासस

No comments for: "अख्तियारद्वारा आयल निगमका नौ जना उच्च अधिकृत पक्राउ"


Leave a Reply

Join Our Facebook !!!

More Latest