भारतको उत्तर प्रदेशमा रेल दुर्घटना, ४० को मृत्यु


१४ जेठ,

भारतको उत्तर प्रदेशको चुरबे स्टेशनमा भएको रेल दुर्घटनामा ४०  जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य एक सय भन्दा बढी घाइते भएका छन्।

भारतको दिल्लीबाट गोरखपुर आउँदै गरेको गोरखधाम सुपर फास्ट १२५५६ नम्बरको रेल बुधवार दुर्घटना भएको हो । रेलको ट्र्याक नबदिलएकाले रोकिरहेको मालबाहक रेलमा गोरखपुरधाम सुपर फास्ट रेल ठोक्किँदा दुर्घटना भएको हो । घाइतेहरुको उद्धार कार्य जारी रहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । घाइतेहरुको भारतीय शहर खलीलाबाद र गोरखपुर मेडिकल कलेजमा उपचार भइरहेको सिंहले बताए ।- एजेन्सी

No comments for: "भारतको उत्तर प्रदेशमा रेल दुर्घटना, ४० को मृत्यु"


Leave a Reply

Join Our Facebook !!!

More Latest