१५ जेठ,
नेपालमा गणतन्त्र स्थापना भएको छ ६ वर्ष भएको छ । दोस्रो लोकतान्त्रिक जनआन्दोलन २०६२/६३ को जगमा भएको निर्वाचनबाट गठित संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते आजकै दिन नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल घोषणा गरेको थियो । सोही दिनलाई गणतन्त्र दिवसको रुपमा नेपालले मनाउँदै आएको छ ।
दिवसको अवसरमा गणतन्त्र दिवस मूल समारोह समितिले जेठ १४, १५ र १६ गते राष्ट्रिय स्तरमा विभिन्न कार्यक्रमको आयोजना गरी दिवस मनाउन आग्रह गरेको छ भने सोही अनुसारका कार्यक्रम तय गरेको छ ।
दिवसको अवसरमा बिहीबार सैनिक मञ्च टुँडिखेलमा विशेष कार्यक्रमको आयोजना गरिएको छ । कार्यक्रममा राष्ट्रपति डा. रामवरण यादब, उपराष्ट्रपति परमानन्द झा, प्रधानमन्त्री तथा गणतन्त्र मूल समारोह समितिका अध्यक्ष सुशील कोइराला, विभिन्न संवैधानिक निकायका पदाधिकारी, राजनीतिक दलका नेता तथा कार्यकर्ता, सरकारका निजामति, प्रहरी, जंगी, तथा संस्थानका कर्मचारीलगायतको उपस्थितिमा विशेष कार्यक्रमको आयोजना गरिएको छ ।

No comments for: "आज गणतन्त्र दिवस"
Leave a Reply