१४ जेठ,
पत्नीको
हत्या गरेको आरोपमा सप्तरीको रामनगर गाविस–२ का जोगेन्द्र भन्ने योगेन्द्र
यादवलाई अदालतले आज सर्वस्वसहित जन्मकैदको फैसला गरेको छ । जिल्ला
न्यायाधीश राजेन्द्र अधिकारीको आदेशले आरोपितले भाइबुहारी लक्ष्मीदेवीसँग
मिलेमतो गरी पत्नीको हत्या गरेको ठहर गर्दै सर्वस्वसहित जन्मकैदको फैसला
गरेको अदालतले जानकारी दिएको छ । अर्का आरोपित लक्ष्मीदेवीको हकमा
वारेन्टसहितको म्यादभित्र उपस्थित नभएकाले मुद्दा मुल्तबी राखिएको छ ।
उर्मिला भनिने प्रमिलादेवी यादवको घाँटी थिचेर गत जेठ २६ गते राति हत्या गरी घरनजिकैको बाँसघारीमा फ्याँकेर योगेन्द्र र लक्ष्मीदेवी फरार भएका थिए । योगेन्द्रको भाइबुहारी लक्ष्मीदेवीसँगको अवैध प्रेम सम्बन्धका कारण मिलेमतो गरी हत्या गरेको भन्दै उर्मिलाका पिता रामनगर गाविस–८ का केशोरी यादवले गत जेठ ३१ गते इलाका प्रहरी कार्यालय कल्याणपुरमा जाहेरी दर्ता गराएका थिए ।
हत्या गरी भाइबुहारीसँग फरार भएका योगेन्द्रलाई ईलाका प्रहरी कार्यालय पातो र प्रहरी चौकी रामनगरको टोलीले गत असार १८ गते औरही गाविस–७ बाट गिरफ्तार गरेको थियो । फरार अरोपित लक्ष्मीदेवी हालसम्म फेला परेकी छैनन् । रासस

No comments for: "पत्नी हत्यारालाई सर्वस्वसहित जन्मकैद"
Leave a Reply