रियल म्याड्रिड १० औं पटक युरोपको च्याम्पियन


११ जेठ ,
 स्पेनिस क्लब रियल म्याड्रिड रेकर्ड दशौं पटक युरोपको च्याम्पियन बन्न सफल भएको छ । गए राती पर्चुगलको लिस्बनमा भएको खेलमा रियलले एथ्लेटिको म्याड्रिडलाई हराउँदै च्याम्यिन्स लिगको उपाधिमाथि कब्जा जमाएको हो ।

च्याम्पियन्स लिगको इतिहासमा नै पहिलो पल्ट एकै शहरका दुई टोली उपाधिका लागि लडिरहेको बेला रियलले बाजी मार्न सफल भएको हो । एक हप्ताअघि मात्र रियल र बार्सिलोनाको अधिपत्य तोड्दै स्पेनिस लिगको उपाधि जितेको डिएगो सिमिओनीको टोलीको पहिलोपल्ट युरोपको च्याम्पियन बन्ने सपना भने पूरा हुन सकेन ।

सन् २००२ मा पछिल्लो पल्ट उपाधि उचालेको रियलले १० औं पटक उपाधि जित्नका लागि धेरै समयदेखि संघर्षरत थियो । तर, हिजो खेलमा अग्रता भने एथ्लेटिकोले लिएको थियो । कप्तान इकर कासियासको गल्तीको फाइदा उठाउँदै डिएगो गोडिनले खेलको ३६ औं मिनेटमा अग्रता दिलाएका थिए । त्यसपछि रियलले एथ्लेटिको माथि निकै दबाब बनाउँदा पनि गोल भने गर्न सकेको थिएन । खेल एथ्लेटिकोको पक्षमा जाने निश्चित भएको बेला इन्जुरी समयको अन्तयमा सर्जियो रामोसले गोल गर्दै रियललाई बराबरीमा ल्याएका थिए ।
त्यसपछि थपिएको अतिरिक्त समयमा गेराथ बेल, मार्सेलो र क्रिस्टियानो रोनाल्डोले एक–एक गोल गर्दै रियललाई उपाधि दिलाएका थिए । खेलमा म्यान अफ द म्याच अर्जेन्टिनी खेलाडी डि मारिया घोषित भएका थिए । - एजेन्सी

No comments for: " रियल म्याड्रिड १० औं पटक युरोपको च्याम्पियन"


Leave a Reply

Join Our Facebook !!!

More Latest