सबैभन्दा बढी मत नेता बोगटीको
११ जेठ ,
११ जेठ ,
एकीकृत नेकपा(माओवादी)ले निर्वाचन प्रक्रियाबाट ५१ जना पोलिटब्युरो सदस्य निर्वाचित गरेको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज भएको निर्वाचनले पोलिटब्युरो सदस्य चयन गरेको हो । एमाओवादीको कूल १५१ जना केन्द्रीय सदस्यमध्ये नेता डा बाबुराम भट्टराई पक्षीय नेताहरूले निर्वाचन प्रक्रियामा भाग लिएका थिएनन् ।
आज पोलिटब्युरोमा निर्वाचित हुनुभएकाहरूमा पोष्टबहादुर बोगटी, डा बाबुराम भट्टराई, नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, टोपबहादुर रायमाझी, गिरिराजमणि पोखरेल, वर्षमान पुन, लीलामणि पोखरेल, दीनानाथ शर्मा, हरिबोल गजुरेल, अग्निप्रसाद सापकोटा, शक्तिबहादुर बस्नेत, जनार्दन शर्मा, हिसिला यमी, नन्दबहादुर पुन, चक्रपाणि खनाल, लोकेन्द्र बिष्ट मगर, देवेन्द्र पौडेल, हेमन्तप्रकाश ओली, गोपाल किराँती, हितराज पाण्डे, सुरेन्द्र कार्की, लेखराज भट्ट, विश्वभक्त दुलाल हुनुहुन्छ ।
यसैगरी निर्वाचित पोलिटब्युरो सदस्यहरूमा विश्वनाथ शाह, डिलाराम आचार्य, रामचन्द्र झा, उर्मिला अर्याल, नारायणप्रसाद दाहाल, बामदेव क्षेत्री, ध्रुव पराजुली, सन्तु दराई, गणेशमान पुन, हितबहादुर तामाङ, जगप्रसाद शर्मा, कालीप्रसाद मल्ल, कमला रोका, ओनसरी घर्ती मगर, झक्कुप्रसाद सुवेदी, हरिराज अधिकारी, गङ्गानारायण श्रेष्ठ, प्रभु साह, टङ्क आङबुहाङ, सुरेशकुमार राई, शशी श्रेष्ठ, प्रल्हाद बुढाथोकी, डीआर पौडेल, रेखा शर्मा, महेन्द्र पासवान र पूर्णकुमारी सुवेदी हुनुहुन्छ ।
अध्यक्ष पुष्पकमल दाहाल भने विराटनगरमा सम्पन्न राष्ट्रिय सम्मेलनबाटै निर्वाचित भइसक्नुभएकाले उहाँको पक्षमा कुनै मत परेन । आजको निर्वाचनमा सबैभन्दा बढी मत नेता बोगटीले पाउनुभएको थियो । उहाँले १०० मत पाउनुभएको थियो भने सबैभन्दा कम मत भने बामदेव क्षेत्रीले मात्रै ४३ मत पाउनु भएको थियो ।
आज निर्वाचति पोलिटब्युरोले सोमबार स्थायी समिति चयन गर्नेछ । स्थायी समिति १७ सदस्यीय बनाउने सहमति यसअघि नै भएको छ ।
स्थायी समितिले नौ जनाको पदाधिकारी चयन गर्ने कार्यक्रम रहेको प्रवक्ता शर्माले जानकारी दिनुभयो । रासस

No comments for: "एमाओवादीको पोलिटब्युरोको नजिता सार्वजनिक "
Leave a Reply