११ जेठ ,
दक्षिण चीनमा भारी वर्षापछि आएको बाढीको कारण कम्तीमा १५ व्यक्तिको मृत्यु भएको संचार माध्यमले जनाएका छन्। उक्त बाढीका कारण पाँच व्यक्ति हराइरहेका स्थानीय अधिकारीहरूले आइतबार जनाएका छन् । गत बुधबारदेखि सुरु भएको यस बाढीका कारण गुआङ्गडोङ्ग प्रान्तको किङ्गयुआन सहरमा आठ लाख व्यक्ति प्रभावित भएका सिन्ह्वा समाचार समितिले बताएको छ ।
६०
हजार व्यक्तिलाई बाढी प्रभावित इलाकाबाट अन्य सुरक्षित स्थानमा सारिएको
सरकारी अधिकारीहरुले जनाएका छन् । त्यसैगरी शनिबार अपरान्ह्सम्म सो बाढीका
कारण तीन हजार ३ हजार घर भत्किएको बताइएको छ । करिव पाँच दिनसम्म जारी
रहेको सो बाढीबाट २९ करोड ३० लाख अमेरिकी डलर बराबरको नोक्सानी भएको छ ।
खानेपानी आपूर्ति गरिने पोखरीमा बाढीको पानी पस्दा २० हजार भन्दा बढी व्यक्ति खाने पानीको सुविधाबाट वञ्चित भएका छन् । सो भारी वर्षाका कारण राष्ट्रिय र प्रान्तीय गरी १६ वटा राजमार्ग बन्द भएको जनाइएको छ । एजेन्सी

No comments for: "चीनमा भिषण बाढी, पन्ध्रको मृत्यु हजारौ प्रभावित "
Leave a Reply