११ जेठ ,
नेकपा (एमाले)कोे केन्द्रीय कमिटीको बैठक यही जेठ १४ सम्मलाई स्थगन भएको छ । चार क्षेत्रमा हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले मनोनयनपत्र दर्ता कार्यक्रम आजै राखेकाले बैठक स्थगन भएको हो ।
केन्द्रीय कार्यालयका सचिव पृथ्वीसुव्वा गुरुङका अनुसार संविधानसभा उपनिर्वाचनका लागि आज मनोनयनपत्र दर्ताको कार्यक्रम रहेकाले स्थगन गर्नुपरेको बताउनुभयो बैठक आजदेखि बस्ने भनिएको थियो।
स्थगित २९ औं बैठक आगामी १४ गते बस्ने तय भएको छ । बैठकमा आगामी असार १९ देखि २४ गतेसम्म राजधानीमा हुने पार्टीको नवौं महाधिवेशनको तयारी तथा त्यसमा प्रस्तुत हुने मूल राजनीतिक दस्तावेजबारे छलफल हुने बताइएको छ । दस्तावेजमाथिको छलफल र सङ्गठनात्मक दस्तावेज पनि छलफलको कार्यसूची छन् ।
No comments for: "एमाले केन्द्रीय कमिटी बैठक जेठ १४ देखि "
Leave a Reply