११ जेठ,
तीन वर्षभित्र मुलुकलाई विद्युत्भार कटौतीमुक्त बनाउन सरकारले वर्षैपिच्छे ऊर्जा मन्त्रालयलाई ३३ प्रतिशत बजेट बढाउनुपर्नेमा ऊर्जामन्त्री राधा ज्ञवालीले जोड दिनुभएको छ । नेपाल विद्युत् प्राधिकरण पोखरा क्षेत्रीय कार्यालयको नवनिर्मित भवनको आज यहाँ उद्घाटन गर्दै मन्त्री ज्ञवालीले आगामी आर्थिक वर्षको बजेटमा मन्त्रालयलाई रु ५५ अर्ब छुट्टयाउनुपर्ने बताउनुभयो ।
अघिल्लो आर्थिक वर्षमा मन्त्रालयले रु २६ अर्ब बजेट पाएकामा यो वर्ष रु ३० अर्ब मात्र पाएको चर्चा गर्दै उहाँले भारतबाट आयात गरिएको विद्युत्को भुक्तानी, मल्ट्रीप्mयूल खर्च पनि यही बजेटले गर्नु पर्दा अरु कामको विस्तार गर्न नसकिएको गुनासो गर्नुभयो । जलस्रोतको प्रचूर सम्भावना भएको देशमा दैनिक १२ घन्टासम्म विद्युत्भार कटौतीको मार जनताले भोग्नु परेकाप्रति दुःख व्यक्त गर्दै उहाँले वैकल्पिक व्यवस्था गरेर पनि विद्युत्भार कटौती न्यूनीकरण गर्न आपूm प्रयासरत् रहेको जानकारी गराउनुभयो ।
निजी क्षेत्रले विद्युत् उत्पादन गर्ने एक मेगावाटमा रु १० लाख छुट दिने नीतिलाई परिमार्जन गरी यस वर्षदेखि एक करोड बनाइएको बताउँदै उहाँले विद्युत् उत्पादन गर्न अनुमतिपत्र लिने तर पैसाका लागि विदेशी गुहार्ने प्रवृत्तिको अन्त्य हुनुपर्नेमा जोड दिनुभयो ।
प्राधिकरणका क्षेत्रीय प्रमुख रामजी भण्डारीको अध्यक्षतामा कार्यक्रम भएको थियो । यस कार्यालयको कार्यक्षेत्र गण्डकी र धवलागिरि अञ्चलका १० जिल्ला पर्दछन् ।
No comments for: "तिन वर्ष भित्र लोड्शेडिङ्ग मुक्त नेपाल – ऊर्जामन्त्री ज्ञवाली"
Leave a Reply