१० जेठ ,
नेकपा (एमाले) का सचिव विष्णुप्रसाद पौड्यालले पार्टीको नवौं राष्ट्रिय महाधिवेशन सहमतिका साथ तोकिएको मितिमै सम्पन्न हुने बताउनुभएको छ ।
आज स्याङ्जा–काठमाडौँ सम्पर्क मञ्चले आयोजना गरेको कार्यक्रममा पार्टीको महाधिवेशन तोकिएको मितिमै सम्पन्न गर्ने र पार्टी अध्यक्षको नेतृत्व अहिलेसम्म पार्टीको नेतृत्व गर्ने अवसर नपाउनुभएका संसदीय दलका नेता केपी शर्मा ओलीलाई दिनुपर्ने बताउनुभयो ।
पौड्यालले पार्टीको महाधिवेशनबाट समावेशी, महिला, मधेशीबाट सकेसम्म युवापुस्तालाई समेत सहभागी गराउने विश्वास व्यक्त गर्नुभयो । उहाँले नेपाली जनताको भाग्य र भविष्यसँग जोडिएको संविधान निर्माण एक वर्षभित्र जारी हुने सुनिश्चित भएको भन्दै तोकिएको मितिमै संविधान लेखनका काम सम्पन्न गर्न आग्रहसमेत गर्नुभयो ।
नेकपा (एमाले) केन्द्रीय सदस्य भानुभक्त ढकालले पार्टीको महाधिवेशन सहमतिका साथ सम्पन्न गर्नुपर्नेमा जोड दिँदै महाधिवेशनबाट युवापुस्तालाई बढी प्राथमिकता दिनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
No comments for: "एमाले महाधिवेशन तोकिएकै मितिमा सम्पन्न हुन्छ"
Leave a Reply