१० जेठ ,
साझा प्रकाशनका अध्यक्ष तथा महाप्रबन्धक ममता झाले आज राजीनामा दिनुभएको छ । रिपोर्टर्स क्लबमा आज पत्रकार सम्मेलनको आयोजना गरी नेपाली साहित्यको विकास र सवृद्धिका लागि साझा प्रकाशनमा बसेर काम गर्ने वातावरण नभएकाले आफूले पदबाट राजीनामा दिएको बताउनुभयो ।
उहाँले आफूले साझा प्रकाशनमा रहँदा हिमाल, पहाड र तराई सबै क्षेत्रलाई समान रुपमा हरेको र त्यहाँका साहित्यको विकासमा उत्तिकै सहयोग गरेको र आगामी दिनमा पनि आफूले साहित्य क्षेत्रको विकासमा निरन्तर काम गर्ने धारणा राख्नुभयो ।
उहाँले आफूले काम गरिरहँदा अनावश्यकरुपमा राजनीतिक दबाब आएको भन्दै आफूलाई कसैले पनि सहयोग नगरेकाले नेपाल सद्भावना पार्टीको साधारण सदस्यबाट पनि राजीनामा दिने घोषणा गर्नुभयो । रासस
No comments for: "साझा प्रकाशनका अध्यक्षद्वारा राजीनामा "
Leave a Reply