यमनमा १५ जनाको मृत्यु

१० जेठ ,

यमनको दक्षिणीपूर्वी नगरमा कायदाका लडाकू भनी आशङ्का गरिएका दर्जनौ व्यक्तिले रातीको समयमा गरेको आक्रमणका कारण  कम्तीमा पनि १५ व्यक्तिको मृत्यु भएको जानकारी सुरक्षा स्रोतले दिएका छन् । 

आक्रमणकारीले हाद्रामावत प्रान्तको दोस्रो नगर सियुनका सैनिक केन्द्र तथा सार्वजनिक भवनमा कारबम, रकेट प्रक्षेपक तथा ठूला मेसिनगनले आक्रमण गरेको स्रोतले बताए । क्षेत्रीय सैनिक मुख्यालय, विशेष सैनिक केन्द्र तथा प्रमुख प्रहरी केन्द्रमाथि आक्रमण गरिएको तथा  स्थानीय सरकार तथा बैङ्लाई पनि लक्ष्य बनाएको बताइएको छ । 

हाद्रामावत जिहादीहरुको बलियो नियन्त्रण भएको क्षेत्र हो र यहाँ विगतमा पनि सैनिक केन्द्रमाथि ठूलो मात्रामा आक्रमण भएको थियो । यसअघि सेनाले अबयान तथा साब्वा प्रान्तमा एक महिनासम्म अल–कायदामाथि आक्रमण गरेको थियो ।   राजधानी सानामा अल–कायदाले बदलामा प्रत्याक्रमण गर्नसक्ने भनी सुरक्षा व्यवस्था कडा बनाइएको छ । - एजेन्सी 

No comments for: " यमनमा १५ जनाको मृत्यु "


Leave a Reply

Join Our Facebook !!!

More Latest