१० जेठ ,
चालु आर्थिक वर्षको बैशाख मसान्तसम्म ७ हजार ९ सय १३ जना महिलाको नाममा घर जग्गा पास भएको छ । चालु आर्थिक बर्षको बैशाखसम्म एक करोड ८८ लाख ७० हजार २७ रुपैंया राजस्व छुट पाएका थिए ।
जसमध्य ग्रामीण क्षेत्रबाट ५७ लाख ९३ हजार ७ सय २२ रुपैंया महिलाहरुले घरजग्गा पास गरेबापत छुट पाएका थिए । यस्तै सहरी क्षेत्रबाट एक करोड ३० लाख ७६ हजार तिन सय ५ रुपैंया छुट पाएका थिए । गत आर्थिक बर्ष ९ हजार ३९ जना महिलाको नाममा घरजग्गा पास बाट एक करोड ७८ लाख ५० हजार ५५ रुपैंया राजस्व छुट पाएका थिए ।
यस आर्थिक वर्षको बैशाख मसान्त सम्ममा ग्रामिण क्षेत्रका ४ हजार ४ सय ४२ र सहरी क्षेत्रका ३ हजार ४ सय ७१ जना महिलाको नाममा घरजग्गा पास भएको कार्यालयका मालपोत अधीकृत भरतचन्द्र अधीकारीले बताउनुभयो ।
No comments for: "दाङमा महिलाको नाममा घरजग्गा पास गराउनेको संख्या बढ्दै"
Leave a Reply