कंचनपुरमा लागुऔषधबाट बाइस जनाको मुत्यु


१० जेठ,

कञ्चनपुरका बाइस जना लागु औषधकर्ताको मुत्यु भएको छ । सुईका माध्यमबाट लागुऔषधको प्रयोग गर्ने लागुऔषध न्यूनीकरणका क्षेत्रमा काम गर्दै आएको फेद कञ्चनपुरका अनुसार आठ वर्षको अवधिमा बाइस जना लागु औषधकर्ताको मुत्यु भएको हो ।  मुत्यु हुनेमा सबै कञ्चनपुरका स्थानीय बासिन्दा भएको फेद कञ्चनपुरका कार्यक्रम संयोजक नवराज पाण्डेले जानकारी दिनुभयो ।
विसं २०६३ देखि गरिएको सर्वेक्षण अनुसार अत्यधिक लागुऔषध सेवन गरेर समयमै उपचार नपाएका कारण उनीहरूको मुत्यु भएको फेद कञ्चनपुरको ठहर छ । हालसम्म कञ्चनपुरका ४११ जना लागुऔषधका सेवनकर्ता फेदको सम्पर्कमा आएका छन् । १५ वर्षदेखि ४८ उमेर समूहका युवाले सो औषधि प्रयोग गर्दछन् । भारतबाट लुकिछिपी औषधि ल्याएर प्रयोग गर्ने पाइएको छ । 


जिल्लामा पुनःस्थापना गृह नहुँदा प्रयोगकर्ताहरूलाई व्यवस्थापन गर्न समस्या उत्पन्न भएको संयोजक पाण्डेले बताउनु भयो ।  जिल्लाबाट हालसम्म काठमाडौँ र धनगढीमा ४८ जनालाई पुनःस्थापनाका लागि पठाइएको छ ।

 पारिवारिक तनाव, साथीभाइको सङ्गतलगायतका कारणबाट औषधि प्रयोग गर्ने बढी पाइएको फेदले जनाएको छ । लागुऔषध न्यूनीकरणका लागि जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने संयोजक पाण्डेको भनाइ छ । 

No comments for: "कंचनपुरमा लागुऔषधबाट बाइस जनाको मुत्यु "


Leave a Reply

Join Our Facebook !!!

More Latest