१० जेठ ,
सिरहाको चन्द्रोदयपुर गाविस – १ चोहर्वास्थित मारुती सिमेन्टको चुन ढुङ्गा बोकेर आउँदै गरेको ट्रिपर आज बिहान खोलाले बगाएको छ ।
उद्योगको का े१ प ९५१ नं को ट्रिपर उदयपुरको कटारी नगरपालिका–२ स्थित बेल्सोत खहरे खोलाले बगाएको स्थानीय केपी बरालले जानकारी दिनुभयो । उद्योगले मोरङको विराटनगरस्थित शिवओम मल्टिपर्पस सर्भिसेज प्रालि र आफ्नै स्वामित्वमा रहेका ट्रिपरहरुबाट चुन ढुङ्गा ओसार्दै आएको छ ।
सिन्धुलीको ककुर ठाकुरबाट उद्योगको चुन ढुङ्गा बोकेर चोहर्वा आउँदै गरेको ट्रिपर बेल्सोत खहरे खोलामा आएको बाढीले बगाएर करिब दुई सय मिटर दक्षिण पु¥याएर खाल्डोमा आधा पुरिएको अवस्थामा भेटिएको छ । ट्रिपरलाई खोलाले बगाए पनि चालक र सहचालक भने सकुशल रहेका छन् ।
बिहान जङ्गल क्षेत्रमा परेको मुसलधारे वर्षापछि खहरेमा बाढी आएको र चालकले लापरबाही गर्दा ट्रिपर बगाएको स्थानीय भीमप्रसाद गौतमले बताउनुभयो । रासस
No comments for: " ट्रिपर खोलाले बगायो "
Leave a Reply