९ जेठ,
जेठ १८ मा गर्ने भनिएको स्ववियू निर्वाचन स्थगित भएको छ । त्रिभुवन विश्वविद्यालय प्रशासन र विद्यार्थी संगठनबीच शुक्रवार भएको दोस्रो चरणको वार्तामा स्ववियु निर्वाचन स्थगित गर्ने सहमति भएको नेविसंघ प्रवक्ता युपी लामिछानेले जानकारी दिए ।
लामिछानेका अनुसार स्ववियु निर्वाचनका विषयमा विद्यार्थी संगठन र त्रिवि प्रशासनवीच ३ वुँदे सहमति समेत भएको छ । निर्वाचन स्थगनसँगै त्रिविले अब एक दुर्इ दिनभित्रैमा निर्वाचनको अर्को मिति घोषणा गर्नेछ ।
त्रिवि प्रशासनको पहलमा भएको वार्तामा अखिल क्रान्तिकारी लगायतका निर्वाचनको विपक्षमा रहेका संगठनहरू तत्काल निर्वाचन स्थगन गर्ने र त्रिविले अब घोषणा गर्ने स्ववियु निर्वाचनमा भाग लिन सहमत भएपछि स्ववियु निर्वाचन स्थगित भएको हो । निर्वाचन स्थगनसँगै अन्दोलनरत विद्यार्थी संगठनहरू अन्दोलनका सबै कार्यक्रम फिर्ता लिन सहमत भएका छन् ।
निर्वाचनको विपक्षमा रहेको अखिल क्रान्तिकारीसहितका १९ विद्यार्थी संगठनले निर्वाचनको मिति सार्न माग गर्दै विभिन्न क्याम्पस प्रशासनमा तालाबन्दी गरेपछि त्रिविले सबै संगठनलार्इ छलफलका लागि बोलाएको थियो ।
No comments for: "जेठ १८ को स्ववियु निर्वाचन स्थगित"
Leave a Reply