फेसबुकमा अब सर्च सुविधा पनि उपलब्ध हुने



१५ असोज,
सामाजिक संजाल  फेसबुकले अब पोष्ट सर्च गर्ने सुविधा पनि राख्ने भएको छ । फेसबुकमा राखिने स्टाटस, कमेन्ट, फोटो क्याप्सन सर्च गर्ने सुविधा थप्ने तयारी अनुसार अहिले परीक्षण भइरहेको बताइएको छ  ।

सुरुका केही दिनमा फेसबुकका सिमिति प्रयोगकर्तालाई मात्र यो सुविधा उपलब्ध गराउने र परीक्षण सफल भएपछि यो सर्च सुविधा सवैका लागि उपलब्ध गराइने छ । तर सर्च सुविधा तत्काल फेसबुकको वेव भर्सनमा मात्र राखिने भएको छ ।  फेसबुकले ट्वीटरसँग प्रतिस्पर्धा गर्नका लागि यो सर्च सुविधा थप्न लागेको विस्लेषणकर्ताको   अनुमान रहेको  छ । यसअघि फेसबुकले ट्वीटरकै जस्तो गरी ह्यासट्याग सुविधा पनि थपेको छ  । ट्वीटरले यसअघि नै सर्च सुविधा दिँदै आएको थियो ।

फेसकुकले यसअघि ग्राफसर्च सुविधा उपलब्ध गराएको थियो । ग्राफसर्चबाट एउटै  शहरमा बस्ने, एउटै शिक्षणसंस्थामा अध्ययन गर्ने तथा एउटै कम्पनीमा काम गर्ने साथीहरु खोज्न सकिने सुबिधा उपलब्ध गराएको थियो ।- एजेन्सी

No comments for: "फेसबुकमा अब सर्च सुविधा पनि उपलब्ध हुने"


Leave a Reply

Join Our Facebook !!!

More Latest