दाङमा कांग्रेसको पार्टी कार्यालयमा तोडफोड



१५ असोज ,
 दाङमा नेपाली कांग्रेसका असन्तुष्ट कार्यकर्ताले पार्टी कार्यालयमा तोडफोड गरेका छन् । क्षेत्र नम्बर ३ बाट भरतबहादुर न्यौपानेलाई टिकट नदिएपछि झण्डै तीनसय असन्तुष्ट कार्यकर्ताले कार्यालयका कुर्सी र बेन्च फोडेका हुन् । उनीहरुले पार्टी कार्यालयमा ताला समेत लगाएका छन् । कांग्रेसले यो क्षेत्रबाट राजु खनाललाई उमेद्वारको टिकट दिएपछि उनीहरु आक्रोशित भएका हुन् ।

ढिकपुर, नारायणपुर, हापुर र घोराही नगरपालिकाबाट पार्टी कार्यालय पुगेका कार्यकर्ताले त्यहाँ रहेका कांग्रेस नेता तथा कार्यकर्तालाई धरपकड समेत गरेका थिए ।  बस ट्याक्सी  रिजर्भ गरेर पार्टी कार्यालय पुगेका उनीहरुले नेता भरतवहादुर नयौपानेलाई टिकट दिनुपर्ने भन्दै नारावाजी गरेका थिए । ‘हार्ने मान्छे चाँहिदैन, कांग्रेसलाई हराउन पाइदैन’ लगायतका नारा लगाएका उनीहरुले खनालको टिकट खारेज गरेर न्यौपानेलाई दिनुपर्ने माग गरेका छन् ।

न्यौपानेलाई टिकट नदिए ताला नखोलिने बताएका उनीहरुले जबर्जस्ती खोलेमा प्रतिकारमा उत्रले चेताबनी समेत दिएका छन् । ‘हाम्रो मान्छेले टिकट नपाउँदासम्म ताला खोलिन्न’ असन्तुष्ट पक्षका राजु न्यौपानेले भन्नुभयो ‘कसैले जबर्जस्ती ताला खोल्ने प्रयास गर्यो भने हामी सशस्त्र प्रतिकारमा उत्रने छौँ ।’

No comments for: "दाङमा कांग्रेसको पार्टी कार्यालयमा तोडफोड"


Leave a Reply

Join Our Facebook !!!

More Latest