नाम्रीकोट वन समूहको साधारणसभा सम्पन्न


असोज १४

सुदिप शर्मा  दाङ ,   

दाङको रामपुरगा वि स ३ ठाटीखोला स्थित नाम्रीकोट सामुदायिक वन उपभोक्ता समूहको प्रथम साधारण सभा सम्पन्न भएको छ । साधारणसभाले अध्यक्ष मनिराम पुनको अध्यक्षतामा सात सदस्यी नयाँ कार्यसमिति पुर्नगठन गरेको छ । 

जसको उपाध्याक्ष सिताराम नेपाली, सचिव बेली नेपाली, कोषाध्याक्ष भिमबहादुर थापा, र सदस्यहरुमा डोमा नेपाली, पीमादेवि नेपाली र राधिका थापा रहनु भएको छ । साधारणसभाले खालीजग्गामाa बृक्षारोपण गर्ने, मुहान संरक्षण गर्ने, वन ब्यवस्थापन गर्ने, वन महासंघ लगायत सरोकारवाला निकायसँग समन्वय गरी वन बिकास तथा अन्य कार्यक्रम सञ्चालन गर्ने लगायतका निर्णय गरेको वन सहजकर्ता कुसुम गौतमले जानकारी दिनुभयो ।  

वन समूहका अध्यक्ष पुनको सभापतित्वमा भएको कार्यक्रममा सहायक वन अधिकृत रवि चन्द, वन सहजकर्ता कुसुम गौतम, सिद्ध सामुदायिक वन समूहका अध्यक्ष टेकन भण्डारी, कालिका सामुदायिक वन उपभोक्ता समूहका चेतनाथ पोख्रेल लगायतकाले बोल्नु भएको थियो । सामुदायिक वन दर्ताका तथा बिधान र कार्ययोजना बनाउन ३३ घरधुरीले ४६ हजार संकलन गरिएकोमा ४१ हजार ७५ रुपैया खर्च भएको साधारणसभामा जानकारी गराइएको थियो । यस्तै गाबीस स्तरिय कलाकारीता मंचको बैठक हिजो हलवारमा सम्पन्न भएको छ ।

 मंचका अध्यक्ष खिम बिश्वकर्माको अध्यक्षतामा बसेको बैठकले नेपालीहरुको महान पर्ब बडा दशैको अबसरमा यहि अशोज २५ गते हलवार ७ मा सांस्कृतीक कार्यक्रम गर्ने निर्णय गरेको छ ।

No comments for: "नाम्रीकोट वन समूहको साधारणसभा सम्पन्न"


Leave a Reply

Join Our Facebook !!!

More Latest