१५ असोज,
लामो बहसका बाबजुद सरकार र विपक्षीबीच सहमति हुन नसकेपछि अमेरिकामा सरकारी कामकाज ठप्प हुने अवस्थामा पुगेको छ ।तल्लो सदनमा बहुमत रहेका रिपब्लिकन सांसदहरुले आउँदो वर्षको बजेट पारित गर्न अस्वीकार गरेपछि अमेरिकामा काम बन्द हुने अवस्था आएको हो ।
बजेटमा सहमति हुन नसकेपछि सात लाख भन्दा बढी सरकारी कर्मचारीले अवैतनिक बिदा पाउनेछन् छ, तर बजेटको मुद्दा समाधान नहुन्जेल सम्मका लागि उनीहरुलाई तलब दिने कुनै ग्यारेन्टी भने गरिने छैन ।
रिपब्लिकन सांसदहरुले बजेट पारित गर्नका लागि स्वास्थ्य सेवा सुधार सम्बन्धि राष्ट्रपति ओबामाले तयार गरेको कानून कार्यान्वयनमा कम्तीमा एक वर्षको ढिलाई हुनुपर्ने शर्त राखेका छन् । सुधारिएको स्वास्थ्य कानून आजदेखि लागू हुँदैछ ।
राजनीतिक गतिरोध बढ्दै जाँदा अमेरिकी शेयर बजारमा गिरावट आएको छ । केही दिन काम बन्दको अवस्था आए गम्भीर आर्थिक नोक्सानी भोग्नुपर्ने विश्लेषकहरुले चेतावनी दिएका छन् ।- एजेन्सीको
No comments for: "अमेरिकामा सरकारी कामकाज ठप्प हुने अवस्थामा"
Leave a Reply