एउटा पनि हतियार संकलन भएन



 १४  असोज,
सुदिप शर्मा  दाङ

सरकारले आगामी संविधानसभा चुनाव शान्तिपूर्ण र भयरहित बनाउन लाइसेन्स प्राप्त सबै हतियार अनिवार्यरुपमा प्रहरीलाई बुझाउन आग्रह गरेबमोजीम दाङमा एउटा हतियार पनि संकलन भएको छैन् । अनुमति प्राप्त हतियार बुझाउन सरकारले आज अन्तिम म्याद दिएको थियो तर एक जनाले पनि हतियार नबुझाएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

 निर्वाचन सुरक्षा रणनीति अनुसार गृह मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गरी लाइसेन्स प्राप्त हतियार बुझाउन सम्बन्धित सबैलाई आह्वान गरेको थियो । प्रहरीले भने सुचना सम्बन्धित व्यक्ति समक्ष नपुगेर पनि हतियार संकलन नभएको हुन सक्ने बताएको छ । मन्त्रालयले अकस्मात हतियार वुझाउन गरेको सुचना ग्रामिण क्षेत्रमा पु¥याउन नसक्दा हतियार संकलन हुन नसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक अरुणकुमार शाहले बताउनुभयो ।

दाङमा इजाजत प्राप्त हतियार कति छन भन्ने बारेमा गृह मन्त्रालयको निर्देशन अनुसार सुरक्षाको दृष्टिले भन्न नमिल्ने स्थानिय प्रशासनले बताएको छ । तर प्रमुख जिल्ला अधिकारी रविलाल पन्थले बितेको एक बर्षमा ३० वटा हतियारको नवीकरण भएको जानकारी दिनुभयो । प्रमुख जिल्ला अधिकारी पन्थका अनुसार राईफल, भरुवा वन्दुक, पेस्तोल, एयरगन, सर्टगन लगाएतका हतियार दर्ता भएको जानकारी दिनुभयो । जिल्लाका सम्पुर्ण प्रहरी चौकीबाट समेत हतियार संकलन कार्य भैरहेको अधिकारी पन्थले बताए पनि जिल्ला प्रहरी कार्यालयले भने कुनै पनि हतियार संकलन नभएको बताएको हो ।

 यसै बिच यस अघि अबैधानीक हतियार संकलनका क्रममा ९ वटा लाईसेन्स भएका हतियार नागरिकहरुले प्रहरीलाई बुझाएका थिए ।।

No comments for: "एउटा पनि हतियार संकलन भएन "


Leave a Reply

Join Our Facebook !!!

More Latest