बलिउडकै सेक्सी हिरोइन नगरिस भन्छिन : म सिंगल छु


बलिउडकै सेक्सी हिरोइनको छवि बनाएकी नरगिस फाखरीले आफु सिंगल रहेको बताएकी छिन । पछिल्लो समय यता अभिनेता उदय चोपडासँग रोमान्स को खबर बाहिरीएको बेला उनले यस्तो बताएकि हुन । सारा बलिउडले नरगिस उदयसँगको रिलेशनमा रहेको बताइसकेको छ । 
 
उदयले नरगिसको चित्रांकित कपमा कफि पिउने गरेका छन र उदयले खुलेआम ट्वीट गर्दै वा सार्वजनिक स्थानमा नरगिसलाई किस खान्छन । तर यी सबै उदयले मजाक गरेको नरगिसको भनाई छ । उनका अनुसार उदय एकदमै फन्नी ब्यक्ति हुन । उदयको सेन्स अफ ह्युमर गजबको रहेको र उनले यी सबै आफुलाई इम्प्रेस गर्नको लागी गरिरहेको नरगिसको बुझाई छ । केहि महिना अघि नरगिस र उदयको समुद्र किनारमा खिचिएको अर्धनग्न तस्वीरहरु सार्वजनिक भएका थिए । 

यसरी बिकनी लगाएर हट अवतारमा तस्वीर सार्वजनिक भएपछि नरगिस र उदयबीच गोप्य रोमान्स चलिरहेको सबैको अनुमान थियो । तर उदयसँग घुम्दा, भेट्दा वा इन्जोय गरेपनि आफुहरु तातो रिलेशनमा भने नरहेको उनको दाबी छ । उनले भनेकी छिन यो समय मेरो लाइफमा कोहि छैन । बाहिर जस्तो हल्ला चलेपनि सत्य कुरा मलाई थाहा छ ।

नरगिस रकस्टार, मद्रास क्याफे, मे तेरा हिरो लगायतको फिल्मबाट बी टाउनमा मार्क हुने हिरोइन हुन । -  एजेन्सी

No comments for: " बलिउडकै सेक्सी हिरोइन नगरिस भन्छिन : म सिंगल छु "


Leave a Reply

Join Our Facebook !!!

More Latest