हवाई आक्रमणमा पन्ध्रको मृत्यु


२९ जेठ ,
 पाकिस्तानको उत्तरपश्चिमी आदीवासी जिल्लामा बिहीबार बिहानै गरिएको हवाई हमलामा परी कम्तीमा पनि १६ जनाको ज्यान गएको समाचार छ ।अमेरिकी सेनाको मानवरहित विमान (ड्रोन) को आक्रमणमा परी ती नागरिक मारिएका हुन् । सो समाचारको पाकिस्तानी सेनाले पनि पुष्टि गरेको छ ।

दुई दिनअघिमात्र पनि पाकिस्तानी सेनाद्धारा गरिएको हवाई आक्रमणमा कम्तीमा १५ व्यक्तिको मृत्यु भएको समाचारमा जनाइएको थियो ।पाकिस्तानी तालिवानले कराची विमानस्थलमा आक्रमण गरेको दुई दिन पछिमात्र यो हवाई आक्रमण भएको बताइएको छ । कराची विमानस्थलमा भएको आक्रमणमा कम्तीमा ३० व्यक्तिको मृत्यु भएको थियो ।

उत्तरपश्चिम पाकिस्तानकको वाजिरिस्तानको दर्घा मन्डी खेल नामको एक घरमा शङ्कास्पद हतियारधारीहरू लुकेर बसेको आशङ्कामा सो हवाई आक्रमण गरिएको बताइएको छ । सो हमलामा अरुपनि आतङ्ककारीको मृत्यु भएको हो भन्ने बारेमा भने स्वतन्त्र रुपमा पुष्टि हुन भने सकेको छैन । अरु पनि कयौँ हतियारधारी मारिएको अनुमान गरिएको पनि समाचारमा जनाइएको छ ।

 पाकिस्तानी तालिवान समूह तेहरिक ई तालिवान पाकिस्तानसँग सरकारले यस वर्षको सुरुमा गरेको शान्तिवार्ता सफल नभएपछि पाकिस्तानको सो इलाकामा लुकेर बसेको तालिवानलाई लक्ष्यगरी हवाई आक्रमण सुरु गरेका छन् । उत्तरी वाजिरिस्तानमा मे महिनाको अन्त्यदेखि सुरु गरिएको हवाई आक्रमणहरूमा कम्तीमा पनि ७५ आतङ्ककारीको मृत्यु भएको सरकारी तथ्याङ्कमा जनाइएको छ ।

यो पछिल्लो आक्रमण बुधबार रातिदेखि नै सुरु भएको बताइएको छ । स्थानीय टेलिभिजन दुनियाँले दिएको जानकारीअनुसार बुधबार राति ९ :३० बजे पहिलो हमला भएको थियो । रातिदेखि बिहानसम्म गरी विभिन्न आठवटा क्षेप्यास्त्र सो आक्रमणका क्रममा फालिएको सो टेलिभिजनले जनाएको छ । आक्रमण बिहीबार बिहानसम्म नै जारी रहेको बताइएको छ । रासस÷सिन्ह्वा

No comments for: "हवाई आक्रमणमा पन्ध्रको मृत्यु"


Leave a Reply

Join Our Facebook !!!

More Latest