भारतीय नम्बरको बसको ठक्करबाट एकको मृत्यु


२८ जेठ ,
 भारतीय नम्बर प्लेटको एक बसको ठक्करबाट आज बिहान बर्दियाको मोतीपुर–१ हाउँपुर बस्ने ४० वर्षीय कमल थारुको घटनास्थलमै मृत्यु भएको छ ।

थारुलाई महेन्द्र राजमार्गको मतरिया चोकमा विएल–१–जिए ७३३५ नम्बरको बसले ठक्कर दिएको थियो ।

स्थानीयवासीका अनुसार थारुको लडियामा सो बसले ठक्कर दिँदा उनको दुईवटा राँगासमेत मरेका छन् । गाडी र चालकलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यलय मोतीपुरले जनाएको छ ।

No comments for: "भारतीय नम्बरको बसको ठक्करबाट एकको मृत्यु"


Leave a Reply

Join Our Facebook !!!

More Latest