२८ जेठ ,
नेपाली काँग्रेसकी सभासद् रीता शाहीमाथि मुक्का प्रहार भएको छ ।संविधानसभाको बैठकमा भाग लिन पुरानो बानेश्वरबाट टेम्पु चढेर संविधानसभा भवन नयाँ बानेश्वर आइरहेको अवस्थामा टेम्पुभित्रै अज्ञात व्यक्तिले उहाँको दाहिने गालामा मुक्का प्रहार गरेको थियो । उक्त घटना बिहान १० : ३० बजे संविधानसभा भवन बानेश्वर भन्दा २०० मिटरको दूरीमा भएको थियो । सभासद् शाही हुम्लाबाट प्रतिनिधित्व गर्नुहुन्छ ।
मुक्का हान्नुपूर्व त्यस अपरिचित व्यक्तिले सभासद् शाहीको पकेट र व्यागमा पटकपटक हात लगाएको थियो । उक्त व्यक्तिले अमर्यादित गतिविधि देखाएपनि सभासद् शाहीले उनलाई अनुशासित रहन सजग गराउनुभएको थियो ।
मुक्का प्रहारबाट सभासद् शाहीको गाला सुनिएको छ । सभासद् शाहीले घटनाको पूर्ण जानकारी सभामुख र गृहमन्त्रीलाई आजै दिई सक्नुभएको छ । दोस्रो संविधानसभा गठन भएपछि कम्तीमा ६÷७ जना सभासद्ले यस्तो अभद्र व्यवहार व्यहोर्नु परेको गुनासो सभासद्ले सभामुखलाई जानकारी गराइसकेका छन् ।
महिला सभासद्हरुको टोलीले आजै उपप्रधान एवम् गृहमन्त्रीलाई महिला सभासद्को आवश्यक सुरक्षा व्यवस्था मिलाउन आग्रह गरेको व्यवस्थापिका–संसद सचिवालयले जनाएको छ । गृहमन्त्रीले सुरक्षाको आवश्यक प्रबन्ध मिलाउने वचन दिनुभएको पीडित सभासद् शाहीले बताउनुभयो ।

No comments for: "महिला सभासद् माथि मुक्का प्रहार "
Leave a Reply