मच्छिन्द्रनाथको भोटो असार ८ गते देखाइने


२७ जेठ,
रातो मत्स्येन्द्रनाथको रथ आगामी असार ५ गते थटीटोलबाट जावलाखेल पुर्‍याइने भएको छ । असार ८ गते भोटो देखाउने तयारी छ । थटीटोलबाट रथ तानेर जावलाखेल पुर्‍याइएको चौथो दिन राष्ट्र प्रमुखको सहभागितामा भोटो देखाइने परम्परा छ ।

तोकिएको समयमा मत्स्येन्द्रनाथको रथ जावलाखेल पुर्‍याउन सकिएमात्र ८ गते भोटोजात्रा हुने गुठी संस्थान शाखा कार्यालय ललितपुरका प्रमुख हरिप्रसाद सुवेदीले बताए । उनका अनुसार एकैदिनमा थटीटोल चौबाटाबाट रथ तानेर जावलाखेल पुर्‍याउन नसकिए अर्काे दिन रथ तानिनेछ भने भोटो देखाउने समय पनि सर्नेछ ।

वर्षा र सहकालको देवताका रुपमा मानिने रातो मत्स्येन्द्रनाथको जात्रा विधिवत् रुपमा गत वैशाख २० गतेदेखि सुरु भएको हो । पहिलो दिन रथ निर्माण गरिएको स्थान पुल्चोकबाट गाबहाल, दोस्रो दिन मङ्गलबजार, तेस्रो दिन सुन्धारा हुँदै नवौँ दिन महिलाको मात्र सहभागितामा रथ तानेर थटीटोलबाट थटीटोल चौबाटामा पुर्‍याइएकोे थियो ।

जावलाखेल लानुभन्दा एक दिन अगाडि फेरि एकपटक नरिवल खसाल्ने परम्परा रहिआएको छ । नेवार समुदायका एवाल जातिका पुरुषले मात्र नरिवल खसाल्ने गर्ने गर्दछन् । खसालेको नरिवल समात्ने व्यक्ति भाग्यमानी ठानिने जनविश्वास रहिआएको छ । रासस

No comments for: "मच्छिन्द्रनाथको भोटो असार ८ गते देखाइने"


Leave a Reply

Join Our Facebook !!!

More Latest