२७ जेठ,
सप्तरीको मोहनपुर गाविस–६ की २६ वर्षीया सरीता यादव र ३५ वर्षीय मो. मोहम्मदबीच पति–पत्नीको नाता कायम भएको छ । जिल्ला न्यायाधीश दुर्गाप्रसाद ढुङ्गेलको इजलाशमा दुबैबीच आज पति–पत्नीको नाता कायम भएको हो ।शारीरिक र मानसिक यातना दिएको भन्दै सरीताले गत जेठ २५ गते जिल्ला अदालतमा नाता कायमका लागि मुद्दा दर्ता गराएकी थिइन् । प्रेमविवाह गरी २०६९ वैशाख १५ गतेदेखि सँगै बस्दै आएकामा विवाह दर्ता र नागरिकता प्रमाणपत्र बनाइदिनु भन्दा आरोपितले विवाह नै इन्कार गरी मानसिक र शारीरिक यातना दिएको पीडितले बताएकी थिइन् ।
यसैगरी, सप्तरीको कविलासा–२ घर भई सिरहा जिल्लाको ढोढना गाविस–३ स्थित माइत बस्दै आएकी १९ वर्षीया सविताकुमारी चौधरी र २५ वर्षीय राधेश्याम चौधरीबीच पति–पत्नीको नाता कायम भएको छ ।
जिल्ला न्यायाधीश पुष्पराज थपलियाको इजलाशमा दुबैबीच पति–पत्नीको नाता कायम भएको स्रेस्तेदार नवराज दुलालले जानकारी दिनुभयो ।
आरोपितले कुटपिट गरी गत वैशाख ३० गते घरबाट निकालिदिएको भन्दै पीडितले जेठ २३ गते जिल्ला अदालतमा नाता कायम गरी पाउन मुद्दा दर्ता गराएकी थिइन् ।

No comments for: "हिन्दु–मुस्लिमबीच पतिपत्नी नाता कायम"
Leave a Reply