२४ जेठ,
एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एमाले)का संसदीय दलका नेता केपी शर्मा ओलीबीच आज भेटवार्ता भएको छ ।
ओली निवास भक्तपुर बालकोटमा भएको भेटवार्तामा समसामयिक राजनीतिक अवस्था, सरकारका कामकारबाही, अतिरिक्त प्रहरी महानिरीक्षकमा बढुवा प्रकरण, एमालेको आसन्न महाधिवेशनलगायतका विषयमा छलफल भएको अध्यक्ष दाहालका सहयोगी शिव खकुरेलले जानकारी दिनुभयो ।
एक महिनाभन्दा बढी समय थाइल्यान्डको बैंङ्ककमा स्वास्थ्य उपचारपछि केही दिनअघिमात्रै नेपाल फर्किनुभएका ओलीको स्वास्थ्य अवस्थाका बारे भेटमा अध्यक्ष दाहालले जानकारी लिँदै स्वास्थ्यलाभको कामनासमेत गर्नुभएको थियो ।
भेटमा नेता ओलीले बजेट रकमान्तरलगायतका सरकारका पछिल्लो केही गतिविधिप्रति आफू असन्तुष्ट रहेको अध्यक्ष दाहाललाई बताउनु भएको सहयोगी खकुरेलले उल्लेख गर्नुभयो ।

No comments for: "अध्यक्ष दाहाल के पी ओलीबीच भेटवार्ता"
Leave a Reply