२३ जेठ,
यहाँ हुने संविधानसभा सदस्य २०७१ को उपनिर्वाचनमा १२ दलले भाग लिँदै छन् । नेकपा(एमाले)का उपाध्यक्ष वामदेव गौतमले बर्दिया–१ र प्युठान–१बाट संविधानसभा २०७० मा विजय भएपछि पहिलो क्षेत्र छाडेकाले आगामी असार ८ गते उपनिर्वाचन हुँदैछ ।
निर्वाचनमा नेपाली काँग्रेसबाट सोदे विष्ट, एमालेबाट श्यामप्रसाद ढकाल, एमाओवादीबाट भुवनकुमार थारु, मधेसी जन अधिकार फोरम नेपाल (लोकतान्त्रिक)बाट गोविन्दप्रसाद थारु, थरुहट तराई पार्टी नेपालबाट आकाश थारु, नेपाल कम्युनिस्ट पार्टी (माले)बाट भीमबहादुर चन्द, नेकपाबाट बद्रीविशाल यादव, नेपाल परिवार दलबाट सुशीलकुमार लामिछाने, नेपाल मजदुर किसान पार्टीबाट हरिलाल न्यौपाने, स्वतन्त्रबाट श्यामलाल शर्मालगायत १२ जनाले उम्मेदवारी दिएको निर्वाचन अधिकृत ऋषिप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

No comments for: "उपनर्वाचनमा १२ दलको सहभागिता"
Leave a Reply