२२ जेठ ,
वीरेन्द्रनगर नगरपालिका–८ कालुङचोकबाट अपहरणमा परेका आठ वर्षीय बालक गणेश न्यौपानेलाई प्रहरीले आज सकुसल उद्धार गरी अभिभावकको जिम्मा लगाएको छ । बुधबार साँझ ७ बजे न्यौपानेलाई अपहरण गरी होटलमा बन्धक बनाएको अवस्थामा प्रहरीले दुई अपहरणकारीलाई नियन्त्रणमा लिई बालकको उद्धार गरेको हो ।
अपहरणमा संलग्न कालिकोटको मान्मा–५ स्थायी घर भई वीरेन्द्रनगर नगरपालिका–६ गणेश चौक बस्ने मानबहादुर नेपाली र उनका भाई मीनबहादुर नेपालीलाई प्रहरीले नियन्त्रणमा लिइ अनुसन्धान थालेको छ । नेपालीका दाजुभाईले बच्चालाई गएराति वीरेन्द्रनगरमै रहेको सम्राट होटलको १०५ नम्बर कोठामा बन्धक बनाएर राखेको प्रहरीले जनाएको छ । बिहीबार दिउँसो ११ बजे सोही स्थानबाट बालक र अपहरणमा संलग्न मीनबहादुरलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रकाश अधिकारीले जानकारी दिनुभयो ।
मानबहादुर नेपालीलाई भने प्रहरीले वीरेन्द्रनगर–६ को घण्टाघर लाइनबाट नियन्त्रणमा लिएको हो । उनीहरूले बालकलाई बन्धक बनाएर आजै चिठी लेखी रु २५ लाख मागेको प्रहरीले जनाएको छ । उनीहरूले सो चिठी बालकले अध्ययन गर्ने सुप्रीम एकेडेमीमार्फत पठाएको प्रमुख अधिकारीले बताउनुभयो । हिन्दी भाषामा लेखिएको चिठीमा बिहीबार साँझसम्म रु २५ लाख नबुझाए बालकलाई लाटिकोइली–१ मा पर्ने भेरी नदीमा रहेको समझिघाट नजिक मारेर राखिदिने उल्लेख थियो ।
बच्चालाई मानबहादुर र मीनबहादुरले बुधबार राति घरबाटै एक्लै भएको अवस्थामा मोटरसाइकलमा लिएर होटलमा बन्धक बनाएर राखेको बयान दिएको प्रहरीले जनाएको छ ।पक्राउ परेका मानबहादुरले आफूलाई दबाब आएकाले यो काम गर्न बाध्य भएको बताएको प्रहरी प्रमुख अधिकारीले जानकारी दिनुभयो ।
“बच्चाको अपहरण नगरे मेरो श्रीमतीलाई बलात्कार गरेर मारिदिन्छौं भनेपछि मैले र भाईले यो काम गरेका हौं”–मानबहादुरको भनाई उद्धृत गर्दै प्रमुख अधिकारीले भन्नुभयो ।मानबहादुरले आफूलाई यो बच्चा अपहरण गर्न दबाद दिने तीन जनाको नाम दिइसकेकाले आफूहरूले उनीहरूलाई खोजेको प्रहरीले जनाएको छ । पक्राउ परेका मानबहादुर जिल्लाकै प्रतिष्ठित व्यक्ति हुन् । उनी एसओएस हर्मन माइनरका शिक्षक हुनुका साथै लायन्स क्लव अफ बुलबुले, जेसीज लगायत संस्थामा संलग्न छन् ।
अपहरणका संलग्नलाई शरीर बन्धक तथा अपहरणको महलअनुसार ७ वर्षदेखि १५ वर्षसम्म जेल र रु ५० हजारदेखि दुई लाखसम्म जरिवाना हुने प्रावधान रहेको छ । साथै अपहरणमा पर्ने नाबालक भएको र समूह नै अपहरणमा संलग्न रहेकाले थप चार वर्ष जेल सजाय हुन सक्ने बताइएको छ ।

No comments for: "बालक अपहरण गरी फिरौती माग्ने पक्राउ"
Leave a Reply