२२ जेठ ,
सभासद् भीमबहादुर रावलले सङ्घीयताको नाममा मुलुकलाई जातजातमा विभक्त गर्न नहुनेमा जोड दिँदै सामाजिक सद्भाव कायम राख्ने सङ्घीय प्रणाली अत्यावश्यक रहेको धारणा राख्नुभयो । विसं २०५९ जेठ २ गते दलहरूका बीचमा प्रमुख दलबीच भएको सहमतिलाई ख्याल गरेर सार्वभौसत्ता र अखण्डतालाई ख्याल गरी सङ्घीय प्रणालीको विकास गर्नुपर्ने उहाँले जोड दिनुभयो । जातको नाममा राज्य बनाउन नहुने बताउँदै उहाँले बहुपहिचानमा आधारित बढीमा सात प्रदेश बनाउनुपर्छ भन्नुभयो ।
सभासद् डा शेखर कोइरालाले मुलुकको विशिष्टताको आधारमा सङ्घीयताको ढाँचा खोज्नुपर्नेमा जोड दिँदै प्रदेशको नामाङ्कनको जिम्मा प्रदेशलाई दिनुपर्छ, जातीय र राजनीतिक अग्राधिकार दिन हुँदैन भन्नुभयो । लोकतन्त्रको आधारभूत मूल्यमा सम्झौता गर्न नहुनेमा जोड दिँदै सहमतिका आधारमा थोरैभन्दा थोरै प्रदेश बनाउनुपर्छ भन्नुभयो ।
राष्ट्रलाई कमजोर बनाउन होइन, सबल र सक्षम राष्ट्र बनाउनका लागि सङ्घीयता आवश्यक छ भन्दै जातीय राज्य बन्न नहुने, देश टुक्र्याउने सङ्घीयता हुन नहुने, आत्मनिर्णय र अग्राधिकारको बहानामा मुलुकलाई पछाडि पार्न नहुने धारणा राख्ने सभासद्मा पुष्पलता लामा, मोहम्मद मन्सुर, मानप्रसाद घर्ती, गौरीकुमारी ओली, राजु खनाल, रञ्जुकुमारी झा, बबिता मोक्तान लावती र जगदीशनरसिंह केसीलगायत हुनुहुन्छ । छलफल जारी छ ।
No comments for: " सात प्रदेश बनाउनुपर्छ: रावल"
Leave a Reply