२२ जेठ,
मुगुका विभिन्न पाटन क्षेत्रमा यार्सा टिप्न गएकामध्ये गएराति थप एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा मुगु जिल्ला पिना गाविस वडा नं ९ घर भएका ३० वर्षीय गोमबहादुर शाही रहेका छन् ।
पाटनमा यार्सा टिप्दै गर्दा चिसोका कारण एक्कासि पेट दुख्न थालेपछि आफन्तहरूले उपचारका लागि जिल्ला सदरमुकाम गमगढीतर्फ ल्याउँदै गर्दा गएराति मुगु गाविसको चितैकुना भन्ने स्थानमा उनको मृत्यु भएको आफन्तले बताएका छन् ।
विगत एक हप्तायता चिसो र लेक लागेकै कारण शाहीसहित पाँच जनाको मृत्यु भइसकेको छ । यही जेठ १९ गते मुगु जिल्ला श्रीकोट गाविस–१ बरातुका मानबहादुर बानियाँको छापाखोला भन्ने स्थानमा, २० गते मुगुकै रोवा गाविस–४ का रेशमबहादुर बुढाको सानो कोइखी भन्ने ठाउँमा र १९ गते जुम्ला जिल्ला तातोपानी गाविस–५ का मीनबहादुर तिरुवाको भाबरखोला भन्ने ठाउँमा मृत्यु भएको छ भने १४ गते जुम्ला जिल्लाकै छुमचौर गाविस–५ का मानबहादुर बोहराको मुगु गाविसको शिरानीचौर भन्ने ठाउँमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक पुस्कर केसीले जानकारी दिनुभएको छ ।

No comments for: "यार्सा टिप्न गएकामध्ये थप एकको मृत्यु, मृत्यु हुनेको सङ्ख्या पाँच पुग्यो"
Leave a Reply