दाङका बसमा वाइफाई


 २० जेठ ,
उदय जी एम ,

 राप्ती अञ्चल सार्वजनिक बस व्यवसायी समितिले पहिलो पटक आफ्ना गाडीहरुमा वाइफाइ जडान गरेको छ । मुलुकमा प्रविधिको तीब्र विकास भइरहेको बेला बसमा यात्रा गर्नेहरुलाई पनि इन्टरनेटको सुविधा दिने उद्देश्यले वाइफाइ जडानको काम शुरु गरेको राप्ती अञ्चल सार्वजनिक बस व्यवसायी समितिले बताएको छ ।
 पहिलो चरणमा रात्रि बसहरुमा वाइफाइ जडान शुरु गरिएको समितिका कार्यालय प्रमुख लोकराज पराजुलीले जानकारी दिनुभयो । ‘अहिले दाङबाट काठमाडौं सञ्चालनमा आएका र आउने रात्रि बसमा जडान भइरहेको छ’– उहा“ले भन्नुभयो– ‘बसमा वाइफाइ जोड्छौं भन्दै कार्यालयमा आउनेहरुको संख्या बढ्दै गएको छ ।’

हालसम्म तुलसीपुरबाट काठमाडौं सञ्चालनमा आएका आधादर्जन रात्रि बसमा वाइफाइ जडान भइसकेको राप्ती अञ्चल सार्वजनिक बस व्यवसायी समितिका शाखा अधिकृत सीताराम शर्मा आचार्यले जानकारी दिनुभयो । उहा“का अनुसार वाइफाइ जडान गर्ने रात्रि बसहरुमा ना ५ ख ३१००, ना ५ ख ३१५९, ना ५ ख ३१६८, ना ५ ख ३०८६ लगायत रहेका छन् । त्यस्तै नया“ बन्न लागेका थप चारवटा बसहरुमा पनि वाइफाइ जडान हुन लागेको समितिले जनाएको छ ।

 नेपाल टेलिकमको वाईम्याक्स प्रविधिबाट बसमा वाइफाइ जडान गरे पछि अब यो समितिका बसमा यात्रा गर्ने यात्रुहरुले मोबाइल र ल्यापटपमा इन्टरनेट चलाउन सक्नेछन् । विशेष गरी दाङ–काठमाडांै रुटमा टेलिकमको नेटवर्क राम्रो भएकाले पहिलो चरणमा यो रुटमा सञ्चालनमा आएका बसमा इन्टरनेट जडान गरिएको प्रमुख पराजुलीले बताउनुभयो । अब छिट्टै दाङ–काठमाडौं, दाङ–बिराटनगर, दाङ–पोखरा रुटमा सञ्चालन हुने र भइरहेका १९ रात्रि बसमा वाइफाइ जडान गरिने उहा“ले जानकारी दिनुभयो । ‘पहिले बसमा यात्रुहरुले गीत मात्रै सुन्न सक्थे, त्यसपछि भिडियोको सुविधा दियौं, अहिले इन्टरनेटको सुविधा दिने प्रयास गरिरहेका छौं’– उहा“ले भन्नुभयो । एउटा बसमा वाइफाइ जडान गर्न करीव ३५ हजार रुपैया“ खर्च लाग्नेछ ।

 राप्ती बस व्यवसायी समिति राप्ती अञ्चलकै पुरानो समिति भएकाले पनि विभिन्न समयमा नया“–नया“ काम गर्दै आएको छ । अहिले उक्त समितिले आफ्ना सबै बसको रङ एउटै बनाउनुका साथै बसको अगाडिको टायर पुरानो ९सेकेन्ड हेन्ड० प्रयोग गर्न प्रतिबन्ध गरेको छ । बरु टायर खरीदका लागि आर्थिक समस्या भएमा फिर्ता गर्ने गरी २ लाख रुपैया“सम्म सहयोग गर्दै आएको छ । यो समितिका मात्रै अहिले रात्रि १ सय २३ सहित ५ सय ४७ बस सञ्चालनमा छन् ।

No comments for: "दाङका बसमा वाइफाई "


Leave a Reply

Join Our Facebook !!!

More Latest