२१ जेठ,
संसद सुचारु गर्ने विषयमा छलफल गर्न प्रमुख तीन दलको बैठक बुधबार पनि बस्दैछ । प्रतिपक्षि दलले राखेका माग सम्बोधन गर्ने विषयमा सत्तापक्ष र प्रतिपक्षि दलहरुबीच सहमति बन्न नसक्दा मंगलबारको संसद बैठक पनि अवरुद्ध भएको थियो । सत्तारुढ दल नेपाली कांग्रेसले प्रतिपक्षि दल एमाओवादीको माग अनुसार उच्चस्तरीय राजनीतिक समिति गठन गर्न सहमत भएपनि एमालेले उच्चस्तरीय राजनीतिक समितिको आवश्यकता नरहेको बताएपछि सहमति हुन सकेको छैन् ।
मंगलबार एमाले र कांग्रेसबीच भएको छलफलमा एमाले नेताहरुले संविधानसभा भित्रै संवाद समिति बनिसकेको र त्यसको नेतृत्व एमाओवादीले नै गरेकाले अर्को समिति आवश्यक नरहेको बताएका थिए । संविधानसभा निर्वाचन लगत्तै भएको चारबुँदे सहमति कार्यान्वयन नगरेको, रकमान्तर गरेर बजेट दुरुपयोग गरेको र डिआईजी बढुवामा अनियमितता गरेको आरोपमा प्रमूख प्रतिपक्षि दल एमाओवादीले संसदमा अवरोध गरेको हो ।
दलहरुले आज दिनभर छलफल गरी सहमति गरेर संसद अवरोध हटाउने तयारी गरेका छन् । व्यवस्थापिका संसदको बैठक साँझ पाँच बजेका लागि बोलाइएको छ ।

No comments for: " संसद खुलाउन तीन दलको बैठक बस्दै"
Leave a Reply