२१ जेठ,
शैक्षिकसत्र सुरु भएको दुई महिना बितिसक्दासमेत डोल्पाका बालबालिकाले अझै पाठ्यपुस्तक पाउन सकेका छैनन् ।
कस्तुरी निमावि पहाडाका कक्षा ६ का छात्रा सुमित्रा केसीले आफूले गणित र सामाजिक विषयको किताब नपाएको बताइन् । कक्षा ७ मा अध्ययनरत छात्र दीपक बोहराले पनि आफूले स्वास्थ्य र नेपाली विषयको किताब नपाएको बताए ।
डोल्पामा किताब आइनपुगेको नभई केही कक्षाका केही किताब मात्र अभाव भएको र आफूले साझा प्रकाशनलाइ किताब अभावबारे जानकारी गराउँदा नेपालगन्जबाट साझा प्रकाशनले किताब पठाइसकेको र एक हप्ताभित्रमा किताब विद्यालयका छात्रछात्राहरुलाई वितरण गरिने जिल्ला शिक्षा अधिकारी धर्मजित शाहीले बताउनुभयो ।
डोल्पामा बर्सेनि पाठ्यपुस्तकको अभाव भइरहने गर्छ भने पाठ्यपुस्तकबिना नै गुरुले कक्षामा पढाएको भरमा नियमित परीक्षा दिनुपर्ने बाध्यता डोल्पाली बालबालिकाको छ । त्रिपुरा निमावि त्रिपुराकोटका प्रधानाध्यापक हेमराज हमाल बालबालिकामा पूर्णसेटमा पाठ्यपुस्तक नभएकाले पठनपाठनमा समस्या परेको गुनासो गर्नुभयो ।
सरकारले शैक्षिकसत्र सुरु हुनुभन्दा पहिले नै पाठ्यपुुस्तक बालबालिकाको हातहातमा पु¥याउने उद्घोष गरेको भए पनि डोल्पाका छवटा विद्यालयका बालबालिकाले पुस्तकका पूर्णसेट पाउन सकेका छैनन् ।कस्तुरी निमावि पहाडाका कक्षा ६ का छात्रा सुमित्रा केसीले आफूले गणित र सामाजिक विषयको किताब नपाएको बताइन् । कक्षा ७ मा अध्ययनरत छात्र दीपक बोहराले पनि आफूले स्वास्थ्य र नेपाली विषयको किताब नपाएको बताए ।
डोल्पामा किताब आइनपुगेको नभई केही कक्षाका केही किताब मात्र अभाव भएको र आफूले साझा प्रकाशनलाइ किताब अभावबारे जानकारी गराउँदा नेपालगन्जबाट साझा प्रकाशनले किताब पठाइसकेको र एक हप्ताभित्रमा किताब विद्यालयका छात्रछात्राहरुलाई वितरण गरिने जिल्ला शिक्षा अधिकारी धर्मजित शाहीले बताउनुभयो ।
डोल्पामा बर्सेनि पाठ्यपुस्तकको अभाव भइरहने गर्छ भने पाठ्यपुस्तकबिना नै गुरुले कक्षामा पढाएको भरमा नियमित परीक्षा दिनुपर्ने बाध्यता डोल्पाली बालबालिकाको छ । त्रिपुरा निमावि त्रिपुराकोटका प्रधानाध्यापक हेमराज हमाल बालबालिकामा पूर्णसेटमा पाठ्यपुस्तक नभएकाले पठनपाठनमा समस्या परेको गुनासो गर्नुभयो ।
No comments for: "पाठ्यपुस्तकको अभाव कायमै"
Leave a Reply