२० जेठ,
केही दिनदेखि अवरुद्ध संसद् चल्न दिने सम्बन्धमा प्रधानमन्त्री सुशील कोइराला र प्रमुख प्रतिपक्ष दल एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालबीच आज बालुवाटारमा भेटवार्ता भएको छ । प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसका सभापतिसमेत रहनुभएका प्रधानमन्त्री कोइरालाले आगामी बजेटका सम्बन्धमा संसद्मा महत्वपूर्ण छलफल हुने भएकाले संसद् अवरुद्ध नगरी वार्ताका माध्यमबाट समस्याको समाधानमा लाग्न अध्यक्ष दाहाललाई आग्रह गर्नुभएको थियो ।
प्रधानमन्त्रीको आग्रहपछि संसद् चल्न दिने सम्बन्धमा सकारात्मक छलफल भएको जानकारी गराउँदै अध्यक्ष दाहालले भन्नुभयो, “ विगतको चारबुँदे सहमति कार्यान्वयन गर्ने विषयमा समझदारी हुनाका साथै हाल समस्याका रूपमा देखिएको रकमान्तरका विषयलाई पनि प्रमुख दलको सहमतिमा समाधान गर्नेछौँ ।”
आज बिहान ११ बजे बस्ने संविधानसभाको बैठकमा प्रमुख तीन दलका नेता उपस्थित भई छलफल गर्ने र त्यसपछि आजै अपराह्न ३ बजे बस्ने व्यवस्थापिका–संसद्को बैठक छलफल गरी संसद् चल्न दिने विषयमा सहमति भएको अध्यक्ष दाहालले बताउनुभयो ।
दुई शीर्ष नेताका बीच चाँडै २६ सभासद्को मनोनयन गर्ने विषयमा समेत छलफल भएको दाहालले प्रधानमन्त्रीसँगको भेटपछि सञ्चारकर्मीलाई जानकारी दिनुभयो ।

No comments for: "चारबुँदे सहमति कार्यान्वयन गर्ने विषयमा समझदारी"
Leave a Reply