ओली र गौतम सहकार्यको अपव्याख्या: नेपाल


१८ जेठ ,
 नेकपा (एमाले) का पोलिटब्युरो सदस्य प्रदीप नेपालले पार्टीको नवौं महाधिवेशनमा नेता केपी शर्मा ओलीलाई समर्थन गर्दा उपाध्यक्ष बामदेव गौतमले आफूलाई दसौं महाधिवेशनको अध्यक्षमा सहमति गरेको भन्ने कुराको सत्यता नभएको बताउनुभएको छ । आज यहाँ आयोजित पत्रकार भेटघाट कार्यक्रममा नेता नेपालले ओली–गौतमबीचको सहकार्यलाई गलतरुपमा व्याख्या गर्ने गरिएको टिप्पणी गर्नुभयो ।

नेता ओली र गौतमबीचको गठबन्धन निर्माणका सूत्रधारमध्येका एक मानिने नेता नेपालले पार्टीमा नेतृत्व हस्तान्तरणका लागि नेता ओलीलाई उपाध्यक्ष गौतम र महासचिव ईश्वर पोखरेलले संसदीय दलको निर्वाचनदेखि सघाएको स्पष्ट गर्नुभयो । नेपालले भन्नुभयो, “दसौं महाधिवेशनमा गौतम वा अरु कोही अध्यक्ष हुन सक्छ, त्यो कुरा पछि नै हुन्छ ।”

अबको एमालेलाई हाँक्नका लागि ओलीको नेतृत्व आवश्यक भएको भन्दै उहाँले पार्टीमा उमेर हदको व्यवस्था गर्न लागिएको जानकारी पनि दिनुभयो । नेता नेपाललाई एमालेले उपप्रधानममन्त्री तथा गृहमन्त्रीसमेत रहनुभएका उपाध्यक्ष गौतमको राजनीतिक सल्लाहकार नियुक्तिका लागि सिफारिस गरिसकेको छ । रासस

No comments for: "ओली र गौतम सहकार्यको अपव्याख्या: नेपाल"


Leave a Reply

Join Our Facebook !!!

More Latest