१६ जेठ,
एमाओवादीका प्रवक्ता दीनानाथ शर्माले कम्युनिष्ट पार्टीलाई फुटाएर प्रतिक्रियावादीले फाइदा लिन खोजिरहेको आरोप लगाउनुभएको छ । रफत सञ्चार क्लबले भक्तपुरमा आज आयोजना गरिएको एक कार्यक्रममा बोल्दै उहाँले केही तीक्ततालाई लिएर पार्टी फुटाएकाहरू अहिले पश्चताप गरिरहेको बताउनुभयो ।
एमाओवादी पार्टीबाट बाबुराम गुट अलग्गिने वा पार्टी फुटाएर जान नसक्ने दाबी गर्दै उहाँले प्रचारमा आएजस्तो एमाओवादीभित्र विवाद नभएको जिकिर गर्नुभयो । पार्टीमा दुई लाइन सङ्घर्षले कम्युनिष्टहरूलाई ठूलो पाठ सिकाइरहेको उहाँको भनाइ थियो ।
पार्टीको आन्तरिक कारणले संसदमा शसक्त ढङ्गले प्रतिपक्षको भूमिका निर्वाह गर्न नसकेको स्वीकार्दै उहाँले संविधानसभाभित्रको कार्य पनि कछुवाको गतिमा अगाडि बढिरहेको बताउनुभयो । रासस

No comments for: "कम्युनिष्टलाई फुटाएर फाइदा लिन खोजिँदैछ– नेता शर्मा"
Leave a Reply