१६ जेठ ,
काठमाडौं-अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) ले नेपाल विश्व क्रिकेट लिग डिभिजन ३ मा घटुवा भएको पृष्टि गर्दै प्रथम श्रेणीको क्रिकेट खेल्ने पुनः अवसर प्रदान गरेको छ। जनवरीमा सम्पन्न एकदिवसीय विश्वकप छनोटमा सहभागी १० टोलीमा नवौं भएपछि अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको हैसियत अन्योल भएको थियो।
आइसिसीले नेपालसँगै युगान्डा डिभिजन ३ मा झरेको निश्चित गरेको छ। एकदिवसीय विश्वकप छनोटमा युगान्डा पुछारमा थियो। डिभिजन ३ का अन्य दुई टोलीमा अमेरिका र बर्मुडा छन्। गत वर्षको मे महिनामा नेपालले बर्मुडामा डिभिजन ३ को उपाधि जित्दा अमेरिका तेस्रो र बर्मुडा चौथो भएका थिए।

अर्को महिना सिंगापुरमा हुने डिभिजन ४ का शीर्ष दुई टोलीले डिभिजन ३ मा नेपाल, युगान्डा, अमेरिका र बर्मुडासँगै प्रतिस्पर्धा गर्नेछन्। आइसिसीले डिभिजन ३ को आयोजना स्थल र मिति भने पछि बताउने जनाएको छ। यस वर्षको अन्तिम सत्रलाई आइसिसीले डिभिजन ३ को सम्भावित मिति बनाएको छ। डिभिजन ३ यसअघि नेपाल हुने भनिए पनि त्यसबारे आधिकारिक केही नआएको नेपाल क्रिकेट संघ (क्यान) का महासचिव अशोकनाथ प्याकुर्यालले बताए।
नेपालले डिभिजन ३ आयोजना गर्न इच्छा देखाएको उनले बताए। ‘आइसिसीले नेपाल डिभिजन ३ मा झरेको पुष्टि गरेपछि हामी डिभिजन ३ आयोजना गर्न इच्छुक रहेका बताएका थियौं, उनीहरूले यसबारे विचार गरिने बताएका थिए, त्यसपछि केही खबर आएको छैन,' प्याकुर्यालले भने।
नेपालले डिभिजन ३ सँगै डिभिजन २ पनि जितेमा विश्व क्रिकेट लिग च्याम्पियनसिप र अन्तरमहादेशीय कपमा छनोट हुनेछ। डिभिजन २ मा नामिबिया, केन्या, नेदरल्यान्ड्स, क्यानाडा छन्। जनवरीको न्युजिल्यान्डमा भएको एकदिवसीय विश्वकप छनोटमा यी टोलीहरू क्रमशः पाचौंदेखि आठौं भएका थिए। २०१५ को पहिलो ६ महिनाभित्र डिभिजन २ आयोजना हुनेछ। विश्व क्रिकेट लिग च्याम्पियनसिप र अन्तरमहादेशीय कपका लागि डिभिजन २ छनोट आधार हुने आइसिसीले जनाएको छ। आइसिसीका अनुसार च्याम्पियनसिप र अन्तमहादेशीय कपको खेलतालिका पछि सार्वजनिक गरिनेछ।
प्रशिक्षक पुबुदु दासानायकेले आइसिसीले नेपाललाई एउटा अर्को अवसर दिएको र त्यसलाई गम्भीर रूपमा लिनुपर्ने बताए। ‘डिभिजन ३ नोभेम्बरमा हुँदैछ भनेर ३ महिना आराम गरेर हुँदैन, त्यसका लागि अहिले नै योजना बनाएर अगाडि बढ्नुपर्छ,' दासानायकेले भने, ‘अहिले हामीले यो अवसर समात्न सकैनौं भने ५–७ वर्ष पछाडि पर्छौं।' आइसिसीले सन् २०१७ सम्म च्याम्पियनसिप र अन्तरमहादेशीय कपको खेलतालिका प्रकाशित गर्न लागेको हो।
‘अलि अप्ठेरो देखिए पनि गत वर्ष हामीले डिभिजन ३ जितेका हौं। त्यसैले डिभिजन ३ मा खासै गाह्रो नहुनसक्छ,' दासानायकेले भने, ‘नेदरल्यान्ड्स, क्यानाडा, केन्याजस्ता टोलीहरू भएकाले डिभिजन २ हामीलाई गाह्रो हुनसक्छ। न्युजिल्यान्डको प्रतियोगिताले हामी डिभिजन २ का लागि तयार नभएजस्तो देखाइसक्यो। त्यसैले अझ त्यो भन्दा राम्रो तयार गर्नुपर्छ।'
No comments for: "नेपाल डिभिजन ३ मा झर्यो "
Leave a Reply