१६ जेठ ,
नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीको नवौं राष्ट्रिय महाधिवेशनबाट आफू सहमतिबाटै अध्यक्ष बन्ने सम्भावना बढ्दै गएको बताउनुभएको छ । नेकपा (एमाले) को आसन्न महाधिवेशनको सन्दर्भमा आयोजना गरिएको मोर्चा सङ्गठन भेलामा उहाँले देशव्यापीरुपमा आफूप्रति युवा नेता तथा कार्यकर्ताको लहर देखापरेको दावी गर्नुभयो ।
पूर्वप्रधानमन्त्री नेपालले भन्नुभयो – ‘पार्टी र मुलुक हाँक्न सक्षम युवा नेतृत्व चाहिन्छ, मेरो समर्थनमा सक्षम र वैचारिक हिसाबले योग्य युवा जमात छ, पार्टी अध्यक्षका लागि सहमति पनि हुन सक्छ ।’
नेता नेपालले मुलुकमा सामाजिक र आर्थिक क्रान्ति गर्न जरुरी भएको बताउँदै त्यसका लागि स्पष्ट कार्यदिशा दिनसक्ने नयाँ नेतृत्व महाधिवेशनबाट आउनुपर्नेमा उहाँले जोड दिनुभयो ।
उक्त भेलामा पूर्व मन्त्री भीम रावल, राजेन्द्र राई, ठाकुर गैरेलगायत नेताहरूले अनुभवी नेता नेपाललाई पार्टीको आगामी महाधिवेशनबाट अध्यक्ष बनाउनुपर्ने धारणा व्यक्त गर्नुभएको थियो ।

No comments for: "अध्यक्ष बन्ने सम्भावना बढ्दैछ – वरिष्ठ नेता नेपाल"
Leave a Reply