जण्डिसबाट यसरी बच्न सकिन्छ ?



 खाना तथा पानीको माध्यमबाट झाडापखाला, जण्डिस आदि रोगहरु फैलिएको वा फैलिन सक्ने सम्भावना देखिएको हुंदा खाना तथा पानीको प्रयोग गर्दा निम्न कुराहरुमा ध्यान दिई रोग फैलिनबाट बच्न सकिन्छ ।

- पानीलाई उमालेर अथवा क्लोरिनको प्रयोगद्वारा निर्मलीकरण गरेर मात्र पिउने गरौं ।
- फलफूल, सागपात र तरकारी पखाल्दा सफा पानीको प्रयोग गरौं ।
- बासी, सडेगलेका, झिंगा भन्किएका तथा खुल्ला राखिएका खानेकुरा उपभोग नगरौं ।
- काँचो र पकाइसकेका खानेकुरा छुट्टाछुट्टै राखौं ।
- खाना बनाउनु अघि, खाना खानु अघि, शौचालय प्रयोग गरिसकेपछि, केटाकेटीको दिशा धोइसकेपछि तथा गाई बस्तु, पशुपंक्षीको सम्पर्कमा आए पछि अनिवार्य रुपपमा साबुन पानीले हात धोऔं ।
- माछामासु काट्ने र तरकारी फलफूल काट्ने चक्कु भिन्दा–भिन्दै प्रयोग गरौं ।
- होटल, रेष्टुरेण्टमा खाजा तथा खाना खांदा सकेसम्म ताजा तथा तातै खाने गरौं । कांचै खाइने सलाद जस्ता खानेकुराहरु उमालेको अथवा निर्मलीकरण गरिएको पानीमा एकछिन डुबाएर मात्र उपभोग गरौं ।
- पकाइसकेका खाना तथा पानीलाई राम्रोसंग छोपेर राखौं ।
- खाद्य वस्तुको सम्पर्कमा आउने भाँडाकुँडा सुख्खा ओभानो हुनु पर्छ ।
- अप्रशोधित कच्चा पदार्थ जस्तै माछा, मासु, तरकारी काट्न प्रयोग गरिने चक्कु वा चपिङ बोर्ड राम्ररी सफा र सुख्खा नबनाई सलादको रुपमा खाने तरकारी फलपूmल काट्न प्रयोग गर्नु हुँदैन ।
-  घरपालुवा जनावर, चरा, मुसा आदिलाई खाना पकाउने ठाउँमा आउन नदिन ध्यान पु¥याऔं ।
- उपभोग्य मिति समाप्त भइसकेका खाद्य तथा पेय पदार्थ उपभोग नगरौं ।
- बालबालिका, वृद्ध तथा बिरामीहरुको खानपान र सरसफाइमा थप सावधानी अपनाऔं ।

No comments for: "जण्डिसबाट यसरी बच्न सकिन्छ ?"


Leave a Reply

Join Our Facebook !!!

More Latest