अझै बनाउन सुरु गरिएन गन्धर्व र वादी जातिका घर



१४ जेठ ,
सरकारले दाङ जिल्लामा पिछडिएका जातिवादी र गन्धर्वका घर बनाउनका लागि रकम पठाए पनि आर्थिक वर्ष सकिन लाग्दा पनि  घर बनाउन  सुरु गरिएको छैन । यस आर्थिक वर्षमा जनता आवास कार्यक्रम मार्फत १० वादी र १० वटा गन्धर्व जातिका  घर बनाउनका लागि रु ४० लाख बजेट आएको सहरी विकास भवन डिभिजन कार्यालय दाङले जनाएको छ ।

करिब दुई महिना अगाडि कार्यालय प्रमुख सरुवा भएर जानु र नयाँ कार्यालय प्रमुख भर्खरै आएको हँुदा समिति गठनमा ढिलाइ भएको र घर कोकोलाई दिने भनी अझै टुङ्गो नलगाएको हँुदा काम सुरु हुन नसकेको कार्यालयका निमित्त प्रमुख राजेन्द्र खतिवडाले बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा हालै गठन भएको समितिले कहाँ र कसलाई यो सुविधा दिने भन्नेमा तत्काल टुङ्गो लगाउने उहाँले बताउनुभयो । गत वर्ष पनि जिल्लामा १४ गन्धर्व र १५ वटा वादी समुदायका गरी २९ घर निर्माण गरिएको थियो ।

No comments for: "अझै बनाउन सुरु गरिएन गन्धर्व र वादी जातिका घर"


Leave a Reply

Join Our Facebook !!!

More Latest