१३ जेठ,
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको केन्द्रीय कार्यसमितिको निर्वाचनको मतदान आज राति सम्पन्न भएको छ । बिहान ८ बजेदेखि सुरु भई १२ बजेसम्म मतदानको समय तोकिएकामा प्रतिनिधिहरूको परिचयपत्रको विवादका कारण राति १० बजे मात्रै मतदान सकियो ।
मतगणना पनि आजै रातिबाट सुरु हुने सहमहामन्त्री राजाराम श्रेष्ठले जानकारी दिनुभयो । विद्युतीय मेसिनबाट मतदान भएकाले आज राति नै परिणाम सार्वजनिक हुने उहाँले बताउनुभयो । करिब एक हजार ८०० प्रतिनिधिले मतदान गरेका छन् ।
अध्यक्षसहित कूल ६३ केन्द्रीय सदस्यका लागि आज भएको निर्वाचनमा अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष कमल थापा र सहअध्यक्ष पदमसुन्दर लावती प्रतिस्पर्धामा हुनुहुन्छ भने केन्द्रीय सदस्यका लागि २२३ जनाले उम्मेदवारी दिनुभएको छ ।
गत शनिबारदेखि सुरु भएको पार्टीको प्रथम महाधिवेशनमा आज अध्यक्ष तथा ५० प्रतिशत सदस्यको प्रत्यक्ष निर्वाचन गर्न लागिएको हो । बाँकी रहेको ५० प्रतिशत सदस्यहरू नवनिर्वाचित अध्यक्षले मनोनयन गर्ने र उनीहरूमध्येबाट पदाधिकारीसमेत चयन हुने सो पार्टीको विधानमा उल्लेख छ ।

No comments for: "राप्रपा नेपालको निर्वाचन सम्पन्न, मतगणना हुँदै"
Leave a Reply