आइपिएल मा चेन्नईले बैंग्लोरलाई हरायो

१० जेठ ,

आजको आइपिएल क्रिकेट खेलमा चेन्नई सुपर किंग्सले रोयल च्यालेन्जर्स बैंग्लोरलाई हराएको छ ।
चेन्नईले बैंग्लोरलाई ८ विकेटले हरायो । बैंग्लोरले दिएको १ सय ५५ रनको लक्ष्य चेन्नईले १७ ओभर ४ बलमा दुई विकेट गुमाएर भेट्टायो ।

चेन्नईका लागि फाफ डु प्लेसिसले नट आट ५४ तथा महेन्द्र सिंह धोनीले नट आउट ४९ रनको योगदान दिए । यस्तै ड्वाएन स्मिथले ३४ र सुरेश रैनाले १८ रन बनाए । बलिङतर्फ बैंग्लोरका रवि राम्पाल र युवराज सिंहले एक/एक विकेट लिए ।

बैंग्लोरको एम चिन्नास्वामी स्टेडिएममा टस हारेर पहिले ब्याटिङ गरेको बैंग्लोरले कप्ताना बिराट कोहलीले ७३ रनको मद्धतमा १ सय ५४ रन बनाएको थियो । उसका लागि युवराज सिंहले २५ तथा योगेश टकवालेले १९ रनको योगदान दिए ।

बलिङतर्फ चेन्नईका आशिष नेहराले तीन तथा रविचन्द्रन आश्विन, मोहित शर्मा र रविन्द्र जडेजाले एक/एक विकेट लिए । अघिल्लो चरण प्रवेशको संभावना यस अघि नै सकिएको बैंग्लोरको हारसँगै १० अंकका साथ तालिकाको पुछारबाट दोस्रो स्थानमा छ भने १८ जितसँगै १८ अंक जोडेको चेन्नई दोस्रो स्थानमा छ ।

No comments for: "आइपिएल मा चेन्नईले बैंग्लोरलाई हरायो"


Leave a Reply

Join Our Facebook !!!

More Latest