गोप्य रुपमा आज हुँदै राजेश हमालको विवाह


१० जेठ,

नेपाली चलचित्रका महानायक राजेश हमालले आज आफ्नी प्रेमिका मधु भट्टराईसँग हमालले हिन्दू परम्परा अनुसार विवाह गर्न लागेका हुन। उनले आफ्नो विवाहमा पारिवारिकका सदस्य तथा आफू निकटको आफन्तको मात्र उपस्थितीमा विवाह गर्न लागिएको बताइएको छ। तर, विवाह कहाँ र कुन ठाउँमा हुँदैछ भन्‍नेबारे गोप्य राखिएको छ।
 मधु भट्टराईको बिशेष आग्रहमा विवाहको ठाउँ र सञ्‍चार माध्यममा आउने कारणले स्थान गोप्य राखिएको जानकारी हमालका सहयोगी रोशनले दिएका छन। उनका अनुसार विवाहको अवधि करीब १५ मिनेटको हुनेछ, उक्त अवधिमा सबै प्रक्रिया पूरा गरेर विवाह सम्पन्‍न भइसक्नेछ। सिन्दुरको शुभ साइत विहान ११:३० बजेको समय जुराइएको छ। विवाहपछि हमालले आफ्नी मधुलाई बधु बनाएर कपुरधारास्थित निजी निवासमा भित्र्याउने छन्।

उनले दुलही भित्र्याए पश्‍चात आफ्नै निजी निवासमा आफू निकटका आफन्तहरूलाई विवाह भोज खुवाउनेछन्।नौ वर्षपछिको प्रेमलाई सार्वजनिक रुपमा चिनाउदै महानायक हमालले मधुलाई गत वैशाख ३१ गते लाजिम्पाटस्थित होटल शंकरमा इन्गेजमेन्ट गरेका थिए। विवाहपछि राजेशले जेठ १४ गते बुधबार होटल शंकरमै विवाह भोजको आयोजना गर्दैछन। उक्त विवाह भोजमा आफ्ना आफन्त तथा पूर्वप्रधानमन्त्री, राजनीतिज्ञ, मन्त्री, कुतनीतिज्ञ, कलाकार, पत्रकार/सञ्‍चारकर्मी, समाजसेवी एवं सुरक्षा निकायका उच्चस्थ पदाधिकारीहरू गरि करीब पाँचसय जनालाई निमन्त्रणा गरिसकिएको उनका सहयोगी रोशन हमालले जानकारी दिएका छन्।

No comments for: " गोप्य रुपमा आज हुँदै राजेश हमालको विवाह"


Leave a Reply

Join Our Facebook !!!

More Latest